ह्वावे डिजिटल पावरद्धारा नेपाल पूर्वाधार सम्मेलन २०२४ मा भविष्यलाई परिभाषित गर्ने हरित ऊर्जा प्रविधि प्रस्तुत

काठमाडौं । ह्वावे डिजिटल पावरले नेपाल पूर्वाधार सम्मेलन २०२४ मा सफलतापूर्वक सहभागिता जनाएको छ । कन्फेडेरेसन अफ नेपाली इन्डस्ट्रिज सिएनआइले भाद्र २७ र २८ गते मा काठमाडौं, नेपालमा सम्मेलनको आयोजना गरेको हो ।

दुई दिने कार्यक्रममा, विश्वभरका नीति निर्माता, उद्योगी ब्यवसायी र वैज्ञानिक आविस्कारकहरू भेला भएर नेपालको पूर्वाधार विकासको बारेमा भएको छलफल भएका थियो । सम्मेलनको प्रमुख ध्यान हरित ऊर्जा, दिगोपन, र डिजिटल रूपान्तरणमा केन्द्रित गरिएको थियो । यस वर्षको सम्मेलन नेपालको पूर्वाधारको भविष्यलाई आकार दिनमा स्वच्छ ऊर्जा र डिजिटलाइजेशनको महत्वपूर्ण भूमिका रहने तर्फ केन्द्रित रह्यो ।

भाद्र २७ को ऊर्जा र जलस्रोत प्यानल छलफलमा, ह्वावे एपीएसी डिजिटल पावर स्मार्ट पिभि एण्ड इएसएस का अध्यक्ष, चेन योंगले ‘स्मार्ट र दिगो संसारको लागि ऊर्जा डिजिटलाइजेशन’ शीर्षकमा अध्ययन प्रस्तुत गरे । उनले ह्वावेको वैश्विक ऊर्जा रुपान्तरणमा भूमिका, डिजिटल समाधानलाई पावर इलेक्ट्रोनिक्ससँग एकीकृत गरेर स्वच्छ ऊर्जा उपलब्ध गराउने र हरित क्रान्तिमा योगदान पुर्याउने स्पष्ट पारे ।

चेन योंगले भने, ‘वैश्विक ऊर्जा परिदृश्य द्रुत गतिमा परिवर्तन भइरहेको छ जलवायु परिवर्तनको आवश्यकता र दिगो वृद्धि विश्वव्यापी आवश्यकता हो । ह्वावे कार्बन तटस्थता समर्थन गर्न प्रतिबद्ध छ । कम कार्बन उर्जा उत्पादन, इलेक्ट्रिक ऊर्जा खपत, र डिजिटलाइजेशनलाई एकीकृत गरेर हरित रूपान्तरणलाई सशक्त पार्न ह्वावे अडिग छ । ५ औं औद्योगिक क्रान्ति आइआर, जसले कम कार्बन र बौद्धिक प्रविधिहरूसँग मेल खान्छ, जसले हामीलाई हरित संसारसँग ल्याउँछ ।’

चेनले ह्वावे स्मार्ट पिभि सोलुसन्सहरूको बारेमा प्रकाश पार्दै, कृत्रिम बुद्धिमत्ता र क्लाउड कम्प्युटिङको मद्दतले सौर्य पावर प्लान्टहरूको प्रदर्शनलाई अधिकतम ऊर्जा उत्पादन सुनिश्चित गर्ने र सञ्चालन लागतलाई घटाउने उल्लेख गरे । उनले ह्वावेका स्मार्ट ब्याट्री एनर्जी स्टोरेज सिस्टम बीइएसएसको बारेमा थप व्याख्या समेत गरे ।

यस प्रविधिले भण्डारण दक्षता सुधार्छ, हानिलाई कम गर्छ, र नवीकरणीय ऊर्जा स्रोतहरूसँग सहज रूपमा एकीकृत हुन्छ । उनले ह्वावेको लिक्विड कुल्ड अति तिव्र चार्जिङ प्रविधिको परिचय पनि दिए । जसले तिव्र र सुविधाजनक इभि चार्जिङ प्रदान गर्दछ, विद्युतिय वाहनहरूको प्रयोगलाई सहज बनाउन सहयोग गर्दछ ।

चेन योंगको अध्ययन प्रस्तुतीका प्रमुख निष्कर्षहरू :
– वैश्विक ऊर्जा परिदृश्य कार्बन तटस्थता लक्ष्य र अर्थतन्त्रहरूको नेट जÞीरो प्रतिज्ञाका कारण रूपान्तरित हुँदैछ ।
– कार्बन उर्जा उत्पादन र डिजिटलाइजेशनको संयोजनले हरित रूपान्तरणको ठूलो सम्भावना प्रदान गर्दछ।
– उच्च कार्बनबाट कम कार्बन र अन्ततः नेट जÞीरो कार्बनमा परिवर्तन दिगो भविष्यको लागि अनिवार्य छ ।
– नवीकरणीय ऊर्जा प्रविधिको अपनाउने आवश्यकता अनिवार्य छ यो भविष्यको आर्थिक वृद्धि र पर्यावरणीय दिगोपनको लागि महत्त्वपूर्ण छ ।

ह्वावे डिजिटल पावरको सम्मेलनमा सहभागिताले यसको स्मार्ट पिभि र इएसएस सोलुसन्सहरूको माध्यमबाट नेपालको हरित ऊर्जा संक्रमणमा यसको योगदानलाई स्पष्ट पारेको छ । यी नवप्रवर्तनहरू नेपालका उद्देश्यहरूसँग मिल्छ जसले प्राकृतिक स्रोतहरूलाई बढी कुशलताका साथ प्रयोग गर्ने र आर्थिक वृद्धि र दिगोपनलाई समर्थन गर्ने लक्ष्य राख्दछ ।

सम्मेलनको समापनसँगै, ह्वावे डिजिटल पावरले नेपाललाई उन्नत डिजिटल पावर समाधानहरूसँग सशक्त पार्नका निम्ति आफ्नो प्रतिबद्धता पुन पुष्टि गरेको छ। स्थानीय सरोकारवालहरूसँगको साझेदारी मार्फत, ह्वावे डिजिटल पावरले नेपालको हरित र डिजिटल रूपान्तरणको यात्रा सहयोगी पात्रका रुपमा रहेने लक्ष्य राखेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स