नेपाल प्रहरीमा ३२० जनाको लागि रोजगारीको अवसर (सूचना सहित)

काठमाडौं । नेपाल प्रहरीले ३२० जनाको लागि रोजगारी खुलाएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गरि प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्नाको लागि आवेदन मागेको हो ।

जसमा प्रहरी निरीक्षक पदमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २५६ जना गरि कुल ३२० जनाको लागि भर्ना खुलेको हो ।

यसमा अमर/अशक्त प्रहरी परिवार, महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको छ ।

इच्छुक आवेदकले भदौ ३० गतेदेखि असोज ३० गतेसम्म आवेदन दिन सक्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स