सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । छापावाल सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुनको मूल्य ३ हजार रूपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ३ हजार रूपैयाँले बढेर १ लाख ५६ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १७ सय ९५ रुपैयाँ कायम भएकोमा आज ६५ रूपैयाँले बढेर १८ सय ६० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स