लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

काठमाडौं । लगानी बोर्डको कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवाली नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले ज्ञवालीलाई बोर्डको सीईओमा नियुक्त गरेको हो ।

भूकम्प पश्यात पुनः निर्माण प्रधिकरणको सफल नेतृत्व गरेर राम्रो काम गरेका ज्ञवालीलाई देश विकासका लागि महत्वपूर्ण जिम्मेवारी पाएको बोर्डको सीईआमा उनलाई नियुक्त गरेको हो ।

यसअघि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट थिए । उनको कार्यकाल सहिएपछि बोर्डमा सीईओ नियुक्तिको प्रक्रिया अघि बढाइएको थियो । बोर्डमा सीईओ बन्नका लागि ५ जना प्रस्तिस्पर्धामा आएका थिए ।

बोर्डको सीईओ बन्न निवेदन दिएकाहरुमा, भूमिकास्थान नगरपालिका वडा नं. ९, अर्घाखाँचीका विष्णु प्रसाद भट्टराई, रघुराज काफ्ले, व्यास नगरपालिका, वडा नं. ९, तनहुँका रघुराज काफ्ले थिए ।

यस्तै, ललितपुर महानगरपालिका वडा नं. २९, ललितपुरका सुशील ज्ञवाली, धनुषाधाम नगरपालिका वडा नं. २, धनुषाका रामदेव यादव, काठमाडौ महानगरपालिका वडा नं. ४, काठमाडौंका भिष्म राज ढुंगानाले पनि आवेदन दिएका थिए ।

सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा १२ को उपदफा (७) बमोजिम लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गर्न नेपाल सरकारसमक्ष नाम सिफारिस गर्ने प्रयोजनका लागि मिति २०८१÷०४÷२८ गते सूचना प्रकाशित गरेको थियो ।

हिजो नियुक्त भएका ज्ञवालीसँग बुटवल नगरपालिकादेखि लुम्बिनी विकास कोषसम्म स्थानीय तहमा २० वर्षभन्दा बढीको अनुभव छ । ज्ञवाली सिभिल इन्जिनियर हुन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत बन्नुअघि ज्ञवाली नगर विकास कोषको कार्यकारी निर्देशकका रुपमा कार्यरत थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स