काठमाडौं । बिहीबार, नेप्से परिसूचक ७८.१७ अंकले बढेर २६८८.३८ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ९४ लाख ३३ हजार कित्ता सेयर ८ अर्ब १६ करोड ९२ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २२९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, वीन नेपाल लघुवित्त, ग्रीन भेन्चर, इष्टर्न हाइड्रोपावर, रावा इनर्जीमा १०, एशियन हाइड्रोपावरमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
सिंगटी इनर्जीको ९.९६%, इमर्जीङ नेपालको ९.९२%, माया खोला हाइड्रोपावरको ९.८५%, मकर जितुमाया सुरी हाइड्रोपावरको ९.६८%, एचआईडीसीएलको ९.२० प्रतिशतले सेयर मूल्य बढेकोृ छ ।