नेप्सेमा हरियाली छाउँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको अन्तिम दिन  सेयर बजार दोहोरो अंकले बढेको छ ।

बिहीबार, नेप्से परिसूचक ७८.१७ अंकले बढेर २६८८.३८ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ९४ लाख ३३ हजार कित्ता सेयर ८ अर्ब १६ करोड ९२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २२९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सीईडीबी हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४७ करोड ६५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको २४ करोड ४८ लाख, एनआरएनको २४ करोड १२ लाख, अपी पावरको १८ करोड ८३ लाख, एचआईडीसीएल प्रमोटरको १७ करोड ९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स