एक लघुवित्तमा सकरात्मक सर्किट लाग्दा यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । बुधबार, नेप्से परिसूचक २२.७३ अंकले घटेर २६१०.२१ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ५४ लाख २८ हजार कित्ता सेयर ६ अर्ब ८५ करोड ११ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७४ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, वीन नेपाल लघुवित्तमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

थ्री स्टार हाइड्रोपावरको ९.४८%, समाज लघुवित्तको ६.८१%, कालिका लघुवित्तको ६.६६%, आत्मनिर्भर लघुवित्तको ६.०४%, सीईडीबी हाइड्रोपावरको ५.८२%, माई खोला हाइड्रोपावरको ५%, समृद्वि फाइनान्सको ४.६७%, एनआईसी एसिया श्रृणपत्रको ४.०४%,दोल्ती पावरको ३.७५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स