राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि ४० अर्ब तान्न लागेको हो ।

निक्षेप संकलन उपकरण बोलकबोल मार्फत २१ दिनको लागि ४० अर्ब रुपैयाँ तरलता खिच्ने लागेको
राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरू मात्र सहभागी हुन पाउने छन् ।
निक्षेप संकलन उपकरणमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोडदेखि बढीमा ५ करोडले भाग गर्दा निशेष भाग जानेगरी कुल आह्वान रकमसम्म आवेदन दिने सक्नेछन् ।

यसरी तानिएको रकमको साँवा र ब्याज एकमुष्ठ रूपमा राष्ट्र बैंकले असोज १६ गते भुक्तानी दिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स