चाडवाडमा चिनी अभाव नहुने, ४९ हजार मेट्रिकटन चिनीको आयात अघि बढ्यो

काठमाडौं । यो वर्षको लागि चिनी अभाव हुन नदिन सरकारले निजी र सरकारी संस्थानलाई आयातको गर्ने प्रक्रिया मिलाइ दिएको छ ।

निजी स्तरका ट्रेडिङ कम्पनीलाई १९ हजार मेट्रिकटन र सरकारी संस्थानलाई ३० हजार मेट्रिकटन चिनी आयत गर्ने व्यवस्था गरिदिएको हो ।

भारतका नेशनल को अपरेटिभ्स एक्सपोर्ट लिमिटेडसँग चिनी ल्याउनुपर्ने गरि ट्रेडिङ कम्पनीलाई चिनी आयात गर्न कोटा प्रदान गरेको छ ।
७ वटा कम्पनीले चिनी ल्याउने छन् । यो चिनी नेपालदी उद्योगहरुले ल्यान नमानेको चिनी हो ।

अहिले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग माफर्त कोटा प्रदान भएको छ । कोटा पाउनेमा मयुरी ट्रेड लिंकलाई २८ सय मेट्रिकटन, प्रमाण ट्रेडर्सलाई २७ सय मेट्रिकटन, शिवाय इन्टरनेशनललाई २७ सय मेट्रिकटन, विशाल ट्रेड लिंकलाई २७ सय मेट्रिकटन , प्रमाण इन्टरनेशनल, सिटन इनटरप्राइजेज, शिव शंकर ट्रेड कन्सर्नलाई समेत २७ सय मेट्रिकटनको हिसावले चिनीको कोटा वितरण भएको छ ।

अहिले पुन खाद्य व्यवस्था तथा व्यपार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनलाई १५। १५ हजार मेट्रिकटन चिनी आयत गर्न सरकारले भनेको हो ।

५० प्रतिशत भन्सार छुट पाउने गरि मन्त्रीपरिषद् बैठकले नै चिनी आयत गर्न सहमति दिएको हो ।
जस अनुसार अब नेपाली बजारमा चाडवाडको मुखमै धेरै परिमाणमा चिनी आयत हुन सक्ने देखिएको हो ।

नेपाली बजारमा जहिले पनि चिनी अभाव हुदै आइरहेकोमा यो वर्ष भने सरकारले आयातको प्रक्रिया मा सहजिकरण गरिदिएको छ । जसले अभाव रोक्ने संभावना छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स