कृषि विकास बैंकको संचालक समितिको सदस्यमा दिर्घराज मैनाली नियुक्त

काठमाडौं । नेपाल सरकार (माननीय उप–प्रधान तथा अर्थ मन्त्रीस्तर) को निर्णयानुसार कृषि बिकास बैंक लि. बैंक संचालक समितिको संचालक सदस्यमा दिर्घराज मैनाली नियुक्त भएका छन् ।

नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको सहसचिव पदमा कार्यरत रहेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य दिर्घराज मैनालीलाई बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराएका थिए ।

उक्त अवसरमा कृषि विकास बैंकका संचालक सदस्यहरु संजिव कुमार कर्ण, गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरांगाई, रीता सुवेदी कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ , बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेत को उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स