काठमाडौं । अब सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’नचल्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले देशभरिका सबै सरकारी कार्यालयमा टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।
कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो । त्यस्तै, सबै स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको छ ।
यसअघि सिंहदरबारभित्र कर्मचारीले कार्यालय समयमा टीएमएस चलाएर कारोबार गरिरहेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो कार्य रोक्न प्रधानमन्त्री कार्यालयसँग आग्रह गरेको थियो ।