सलिको र रोयल अटो इन्टरप्राइजेज, इस्टर्न मोटर्स, इस्टर्न अटो प्वाईन्टबीच नगद रहित बीमा सम्बन्धी सम्झौता

काठमाडौं । महिन्द्रा फोर व्हीलरको विराटनगर, ईटहरी, धरानका आधिकारीक बिक्रेता रोयल अटो इन्टरप्राइजेज, इस्टर्न मोटर्स, इस्टर्न अटो प्वाईन्टले नगद रहित दावीका लागि सगरमाथा लूम्बिनी इन्स्योरेन्स क. लि(सलिको) सँग सम्झौता गरेको छ ।

सो सम्बन्धी आधिकारीक बिक्रेताको तर्फ बाट इस्टर्न अटो प्वाईन्टका संचालक किरण भट्टराई, सगरमाथा लूम्बिनी इन्स्योरेन्सका प्रमूख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पछी महिन्द्राका ग्राहकहरुले सवारी साधन मर्मत सम्भार वा बीमा दावी गर्दा छिटो, सहज, पहूँचयोग्य र झन्झन्ट मुक्त सेवाहरु पाउने छन् ।

उक्त अवसरमा सगरमाथा लूम्बिनी इन्स्योरेन्सका कोशी प्रदेश प्रमूख नारायण गौतम तथा प्रतिनिधीहरु, इस्टर्न मोटर्सका संचालक उत्कृष्ट भट्टराई तथा प्रतिनिधीहरु, स्थानिय बैंकका प्रतिनिधीहरु, बीमा सर्भेयरहरु लगायतको उपस्थिती रहेको थियो ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स