दर्शनार्थी बोकेको बोलेरो दुर्घटनामा परि ३ जनाको मृत्यु, १४ घाइते

काठमाडौं । दर्शनार्थी बोकेको बोलेरो दुर्घटना परेको छ । चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिडेका यात्रु बोकेको बोलेरो सोमबार दुर्घटना हुँदा ३ जनाको मत्यु भएको छ । अन्य १४ जना घाइते भएका छन् ।

सुनकोशी गाउँपालिका ८ च्यानम हुँदै ककनीतर्फ गएको प्रदेश ३–०१–०२२ च ९६९४ नम्बरको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका ९ को जौबारी नजिकैको कुसाङ भन्ने स्थानमा सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनामा परि घाइते भएकाहरुको उद्धार गरी अहिले उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाइएको प्रहरीले जानकारी दिएको छ ।

बोलेरोमा सुनकोशी गाउँपालिका ८ च्यानम र सिद्धिचरण नगरपालिका वडा नं १० रुप्सेका दर्शनार्थी थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स