प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा राखिएको हो ।

बैंकले बिक्रीमा राखिएको सेयरको संख्या भने खुलाएको छैन।

बैंकले उक्त हाल संस्थापक सेयरधनीहरूले खरिद गर्न पाउने गरी सेयर बिक्रीमा राखेको हो । तर ३५ दिनभित्र संस्थापकहरूले उक्त सेयर खरिद नगरेको खण्डमा भने सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।

उक्त सेयर खरिद गर्न चाहने सेयरधनीले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्नु पर्नेछ । साथै बिक्री गर्ने संस्थापकको नाम र बिक्री मूल्यका सम्बन्धमा पनि कम्पनी सचिवबाटै जानकारी लिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स