मुक्तिनाथ विकास बैंकका ग्राहकलाई त्रिशूलीबीच रिर्सोटमा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन धादिङकोे गल्छीमा रहेको त्रिशूलीबीच रिर्सोटसँग विभिन्न सेवासुविधाहरुमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

यस व्यवसायिक सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले उक्त रिसोर्टमा बसाई तथा खानामा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले बैंकको मान्य डेबिट कार्ड/प्रिभलेज कार्ड पेश गर्नुपर्ने छ वा बैंकको मोबाइल र ईन्टरनेट बैंकिङद्वारा गर्न भुक्तानी गर्नु पर्नेछ ।

साथै, बैंकले नेपालमै टिक्न ,सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ जस्ता सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स