‘इन्डिया-नेपाल आफ्टर मार्केट अटो पार्टस् शो’ आयोजना हुने

काठमाडौं । ‘इन्डिया–नेपाल आफ्टर मार्केट अटो पार्टस् शो’ आयोजना हुनेछ । यो शो दोस्रो पटक नेपालमा आयोजना हुन लागेको हो । मसिंर ६ गते होटल सोल्टीमा अयोजना हुन हुने उक्त शो अटोमोटिभि कम्पोनेन्ट म्यानुफ्याकचर्रस एसोसियसन (एक्मा) इन्डियाले नाडासंगको सहकार्यमा गर्न लागेको हो ।

सन् २०१९ मा होटल सोल्टीमै पहिलोपटक अयोजना गरिएको उक्त शो हरेक बर्ष अयोजना गर्ने योजाना हुँदाहुँदै पनि कोरोनाका कारण हुन सकिरहेको थिएन ।

एकदिनका लागी मात्र अयोजना गर्न लागिएको यो शोमा भारतबाट बिभिन्न ब्रान्डका ओइएम पार्टस उत्पादन गर्ने कम्पनीको सहभागित रहने नाडाका महासचिब सुनिल रिजालले बताए । उनका अनुसार शोमा नेपालस्थित आधिकारिक बितरकको समेत उल्लेख्य सहभागीता रहनेछ ।

भारतीय बजारमा उत्पादन हुने स्पेयर पार्टस्का बारेमा नेपालस्थित बिक्रेतालाई जानकारी प्रदान गर्नु यो शोको मूख्य उद्देश्य रहने रिजालले जानकारी गराए । उनले भने, ‘यो शोमा कतिपय नेपाल नभित्रिएका ब्रान्डले समेत सहभागीता जनाउने हुँदा नयाँ ब्रान्डसंग जोडिएर ब्यावसाय गर्न इच्छुक नेपाली ब्यावसायीले अबसर समेत पाउनेछन् ।’

शोमा २ दर्जन हाराहारी स्टलहरु रहने र नेपाली बिक्रेताले कम्पनीका प्रतिनिधीहरुसंग अन्तरक्रिया समेत गर्न पाउनेछन् । साथै नेपाल र भारतबिच हुने यस्ता पार्टस्को कारोबारलाई कसरी पारदर्शी बनाउने भन्ने बिषयमा समेत छलफल हुने रिजालले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स