अष्ट्रेलिया टी-२० विश्व च्याम्पियन

एजेन्सी । अष्ट्रेलियाले आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । न्युजिल्याण्डलाई फाइनलामा ८ विकेटले हराउँदै अष्ट्रेलिया विश्व च्याम्पियन बनेको हो ।

दुबईमा आइतबार राति भएको फाइनलमा न्युजिल्याण्डले दिएको १ सय ७३ रनको लक्ष्य अष्ट्रेलियाले १८ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

अष्ट्रेलियाले पहिलो पटक टी-२० विश्वकपको उपाधि जितेको हो । पहिलो पटक फाइनल पुगेको न्युजिल्याण्ड भने उपाधि जित्नबाट बन्चित भएको छ ।

अष्ट्रेलियालाई जित दिलाउन मिचेल मार्श र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले ।

मार्शले अविजित रहदै ७७ रनको योगदान गरे । उनले ५० बलमा ६ चौका र ४ छक्का प्रहार गरे ।

वार्नरले ५३ रनको योगदान दिए ।

यस्तै कप्तान आरोन फिन्च ५ रनमा आउट भए । ग्लेन म्याक्सवेल २८ रनमा अविजित रहे ।

न्युजिल्याण्डका ट्रेन्ट बोल्टले दुई विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ८५ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै मार्टिन गुप्टिलले २८ रन जोड्दा ग्लेन फिलिप्सले १८ रन बनाए । डार्यल मिचेलले ११ रन जोडे ।

जेम्स निशमले अविजित १३ रन जोड्दा टिम सेइफर्टले अविजित ८ रन बनाए ।

अष्ट्रेलियाका जोस हाजलउडले १६ रन खर्चिएर ३ विकेट लिए । एडम जाम्पाले १ विकेट लिए ।

अष्ट्रेलियाले सेमिफाइनलमा बलियो टिम पाकिस्तानलाई ५ विकेटले हराएको थियो।

यस्तै न्युजिल्याण्डले सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स