कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक सेयरधनीको नाममा रहेको २२ हजार ३२७ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयर हाल विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउँछन् । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ । सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

तोकिएको समयावधिभित्र संस्थापकहरूले उक्त सेयर खरिद नगरेमा सर्वसाधारणमा बिक्री खुला गरिने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स