यस्तो छ आज अमेरिकी डलरसहित अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज युरो, अस्ट्रेलियन डलरसहितका केही विदेशी मुद्राको मूल्य घट्दा पाउन्ड, कुबती दिनारसहितका केही मुद्रा महँगिएका छन्। अमेरिकी डलरसहित केही मुद्राको विनियमदर भने हिजोकै यथावत छ।

नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६२ पैसा छ । विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ।

यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ २३ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ५० पैसा थियो।

आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ७० पैसा निर्धारण भएको छ। हिजो युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा थियो।

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१पैसा र बिक्रीदर ८९ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६६ पैसा थियो।

राष्ट्र बैंकले साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा कायम भएको छ। हिजो पनि साउदी रियालको मूल्य यही थियो।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा कायम भएको छ। हिजो पनि कतारी रियाल यही मूल्यमा कारोबार भएको थियो।

आज युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा कायम भएको छ। हिजो पनि यूएई दिराम यही मूल्यमा कारोबार भएको थियो।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा कायम भएको छ। हिजो मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा थियो।

आज हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा कायम भएको छ। हिजो हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २० पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा थियो।

आज कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ६३ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ५९ पैसा कायम भएको छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९१ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ८७ पैसा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स