अमेरिकी डलरको भाउ स्थिर रहँदा अन्य कसरी हुन्छ करोबार ?

काठमाडौं । आज आइतबार अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राहरुको विनिमय दर स्थिर रहेको छ ।

आज अस्ट्रेलियन डलर, मलेसियन रिङ्गेट, अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहितका सबैजसो विदेशी मुद्राको मूल्य घटबढ भएको छैन।
शनिबार जुन मूल्यमा कारोबार भएको थियो, आज पनि अधिकांश विदेशी मुद्राको कारोबार सोही मूल्यमा हुनेछ ।

नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६२ पैसा छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ५० पैसा कायम भएको छ। हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो।

आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६६ पैसा निर्धारण भएको छ।

आज साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा कायम भएको छ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा कायम भएको छ।

आज युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा कायम भएको छ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा कायम भएको छ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २० पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा कायम भएको छ।

कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९१ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ८७ पैसा कायम भएको छ।

आज बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १४ पैसा कायम भएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स