२२० रुपैयाँसम्म बढ्यो हवाई भाडा

काठमाडौं । वायुसेवा कम्पनीहरूले आइतबारदेखि लागू हुनेगरी हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य गत बुधबार प्रतिलिटर पाँच रुपैयाँले बढाएपछि वायुसेवा कम्पनीहरूले आइतबारदेखि लागू हुनेगरी हवाई भाडा बढाएका हुन् ।

तेलको मूल्य बढेपछि २२० रुपैयाँसम्मले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालक संघले बढेको हवाई भाडा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत गराएर आइतबारदेखि नै लागू गरिसेकेको छ ।

हवाई इन्धनको मूल्य बढेपछि वायुसेवा कम्पनीहरूले उडान हुने सबै गन्तव्यमा भाडा बढाएका छन् । वायुसेवा कम्पनीहरूले काठमाडौंलाई आधार बनाएर बढाएको यस्तो इन्धनको मूल्य सबैभन्दा बढी धनगढीको लागि रहेको छ ।

धनगढीको लागि २२० रुपैयाँ बढेको छ । यस्तो इन्धनको मूल्य मात्रै यात्रुले काठमाडौंबाट धनगढी जाँदा प्रतिटिकट ४४ सय ६० रुपैयाँ तिर्नुपर्ने छ । यो शुल्क वायुसेवा कम्पनीले लिने भाडा बाहेक नै हो ।

वायुसेवा कम्पनीले लिने सस्तो देखि महँगो दरसम्मको भाडामा यही हवाई इन्धनको शुल्क जोडेर हवाई भाडा तय हुने गरेको छ । वायुसेवा कम्पनीका अनुसार काठमाडौबाट हुने उडानमा माउन्टेन फ्लाइटमा १७०, भद्रपुर १५०, विराटनगर १२०, जनकपुर ६५, भरतपुर ५५, भैरहवा १०५, नेपालगन्ज १६०, तुम्लिङटारमा ९० रुपयाँ बढेको हो ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स