आइतबार यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार १.३८ अंकले घट्न गई २६८८.९२ विन्दुमा स्थिर रहेको छ ।

आज २३० कम्पनीको सेयर ६१ हजार ४०५ पटक कारोबार भएको छ । कारोबारमा ७४ लाख ३४ हजार ५३७ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ९ करोड ६२ लाख १९ हजार ५२५ रुपैयाँको कारोबार भएको छ । जसमध्ये १०३ कम्पनीको सेयर मूल्यमा बृद्धि भएको छ भने ७५ कम्पनीको सेयर मूल्य घट्न गई ८ कम्पनीको स्थिर रहेको छ ।

बोटलर्स नेपाल (तराई) लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेकोे छ । बिहीबार कम्पनीको प्रति कित्ता सेयर १० हजार ७५० रुपैयाँमा कारोवार भएको थियो । आज साताको पहिलो दिन प्रति शेयर ११ हजार ८२५ रुपैयाँमा खरिद बिक्री हुदाँ एक हजार ७५ रुपैंयाँ बढेको छ ।

मानुषि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । बिहीबार कम्पनीको प्रति कित्ता सेयर ९२८.७० रुपैयाँमा कारोबार भएको थियो । आज आइतबार प्रति कित्ता सेयर एक हजार २१.५० रुपैयाँमा खरिद बिक्री हुर्दाँ ९२.८० रुपैंयाँ बढेको छ ।

तेह्रथुम पावर कम्पनीकोे सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । आज कम्पनीको प्रति कित्ता सेयर ४३९.४० रुपैयाँमा कारोबार भएको छ । गएको बिहीबार प्रति कित्ता सेयर ३९९.५० रुपैयाँमा कारोवार भएको थियो । कम्पनीको सेयर मूल्य प्रति कित्ता ३९.९० रुपैयाँले बढेको छ ।

महाँलक्ष्मी विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । आज प्रति कित्ता सेयर ७८५ रुपैयाँमा कारोवार भएको छ भने गएको बिहीबार ७१४.५० रुपैयाँमा भएको थियो । कम्पनीको सेयर मूल्य प्रति कित्ता ७०.५० रुपैंयाँले बढेको छ ।

कालिका पावर कम्पनीको सेयर मूल्य ६.०३ प्रतिशतले बढेको छ । आज प्रति कित्ता सेयर ६१५ रुपैयाँमा कारोवार भएको छ भने गएको बिहीबार ५८० रुपैयाँमा भएको थियो । कम्पनीको सेयर मूल्य प्रति कित्ता मूल्य ३५ रुपैंयाँले बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स