काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपक कुमार दे पुनः नियुक्त भएका छन् ।
बैंकको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले दे लाई बैंकको सीईओ पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकले उनलाई असोज १ गतेदेखि लागू हुनेगरी आगामी ६ महिनाका लागि बैंकको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको भदौ ३१ गतेबाट ४ वर्षे कार्यकाल समाप्त हुँदैछ । उनी बैंकको प्रबन्ध सञ्चालक समेत हुन् ।