राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

कम्पनीको आर्थिक वर्ष २०७०/७१ देखि आव २०७२/७३ सम्मको इन फोर्स पोलिसी कायम रहेको जम्मा बीमालेख संख्या १ लाख ५२ हजार ८९० रहेको छ । सोही बीमालेखको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमांकीय मूल्यांकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणले भदौ १७ गते स्वीकृत गरेपछि कम्पनीले बोनसदर सार्वजनिक गरेको हो ।

नेपाल बीमा प्राधिकरणले बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत गरेपछि कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि प्रतिवर्ष प्रतिहजार बीमांकमा ६० रुपैयाँ बोनसदर घोषणा गरेको हो ।

साथै, कम्पनीले बोनस दर बीमांकीय मूल्यांकनका आधारमा परिवर्तनशील रहने पनि बताएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स