ब्याजदरबारे राष्ट्र बैंकको अर्को लगाम, वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर १०.०५% कस्को कति ?

काठमाडौं । वाणिज्य बैंकहरूको निक्षेपको अधिकतम ब्याजदर १०.०५ प्रतिशत कायम हुने भएको छ । नेपाल राष्ट्र बैंकले ब्याजदरबारे नयाँ व्यवस्था गरी वाणिज्य बैंकहरूको ब्याजदरमा एकरूपता ल्याएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आइतबार एक निर्देशन जारी गर्दै व्याज दर धेरै बढ्न नदिने नीतिगत व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले अघिल्लो महिना सोही वर्गका सबैं संस्थाले प्रकाशित गरेको अधिकतम व्याज दरको औसत र न्युनतम व्याज दरको औसतमा १० प्रतिशतले मात्र व्याज दर वृद्धि गरी प्रकाशित गर्नुपर्ने निर्देशन दिएको हो । यस निर्देशनले व्याज दर वृद्धि हुँदा सबै बैंकहरुको व्याज दर बढ्दा पनि समान रुपले मात्र वृद्धि हुन सक्नेछ जसले गर्दा गत महिना भएको बैंकहरुबीच एक अर्कामा निक्षेप तानातान गर्ने अस्वस्थ प्रतिस्पर्धा अन्त्य हुनेछ ।

कार्तिक महिनामा अधिकांश वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा ९.३६ प्रतिशत र कुनै कुनै वाणिज्य बैंकहरुको निक्षेपमा ८ प्रतिशतसम्म पनि रहेकाले तिनीहरुको औसत निकाल्दा भने अघिल्लो महिनाको अधिकतम भन्दा पनि कम व्याज दर हुनेछ। अघिल्लो महिना बैंकहरुले प्रकाशित गरेको मुद्दति निक्षेपको अधिकतम ब्याजदरको औसत ९.१३ प्रतिशत रहेको छ।

यसको १० प्रतिशत ब्याजदर बढाउदा पनि १०.०४ प्रतिशत हुन्छ यसले गर्दा बैंकहकरुले अधिकत १०.०४ प्रतिशतसम्म मात्रै ब्याजदर कायम गर्न पाउने देखिएको छ। कतिपय बैंकको अघिल्लो महिनाको अधिकतम ब्याजदरमा १० प्रतिशत मात्रै बढाउदा पनि उक्त ब्याजदरभन्दा धेरै हुन जान्छ तर ती बैंकले पनि अधिकतम १०.०४ प्रतिशतसम्म मात्रै ब्याजदर कायम गर्न पाउछन्।

त्यसैगरी बोलकबोलमा निक्षेप संकलन गर्दा पनि प्रकाशित व्याज दरमा ०.१ प्रतिशतले मात्र वृद्धि गर्न सकिनेछ ।

यस्तो छ नयाँ व्यवस्थाः

बोलकवोलको आधारमा संकलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित व्याजदर तीन महिना अगावै हेरफेर गर्न पाउने व्यवस्था गरेको छ ।

इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदरको औसतमा बढीमा दश प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्नेछन् । यसरी ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर उपबुँदा ५ को व्यवस्थाको सीमाभन्दा बढी हुन गएमा अधिकतम वा न्यूनतममध्ये एक दर सोही कायम गरी अन्य दरहरु समायोजन गर्नुपर्ने छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले कल डिपोजिट रसंस्थागत मुद्दती निक्षेप बाहेक अन्य निक्षेपको हकमा प्रकाशित ब्याजदरमा शून्य दशमलव पाँच प्रतिशत बिन्दुसम्म बढाउन सक्ने व्यवस्था गरेको छ ।

यसैगरी बोलकवोलको आधारमा संकलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदरमा नबढ्ने गरी निक्षेप संकलन गर्नु पर्नेछ । तर, आफुसंगै रहेको निक्षेपलाई पूनःबोलकबोल गरी नवीकरण गर्नु परेमा प्रकाशित ब्याजदरमा ०.१ प्रतिशत बिन्दू सम्म थप गरी निक्षेप संकलन गर्न सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स