पूर्वाञ्चल ल्युब आयलले आईपीओ निष्काशन गर्ने

पूर्वाञ्चल ल्युब आयलले आईपीओकाठमाडौं । पूर्वाञ्चल ल्युब आयलले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने विशेष प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले सभा असोज ९ गते बुधबार एयरपोर्ट होटल सिनामंगल, काठमाडौंमा बिहान १० बजे डाकेको हो ।

सभाले सर्वसाधारणमा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सोही सभाले चुक्तापुँजीको १०.५२ प्रतिशतले हुने ३ करोड १५ लाख ७८ लाख रुपैयाँ बराबरको नगद लाभांश पनि पारित गर्नेछ ।

सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव र आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू समेत पारित गर्नेछ ।

सभाले प्रवन्धपत्र र नियमावली तथा प्राथामिक सेयर निष्काशनमा गरिने संशोधन एव परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स