नेपाल इन्स्योरेन्सको प्रतिकित्ता ३ सय रूपैयाँमा सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक समूहतर्फको ६६ हजार ५६६ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

संस्थापक समूहको सेयर सोही समूहमा नै रहने गरी लिलाम बढाबढद्वारा बिक्री गर्न कम्पनीको सञ्चालक समितिको निर्णयबाट स्वीकृति प्राप्त भए बमोजिम उक्त सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।

उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनी वा जो कोही योग्य व्यक्ति, कम्पनी, संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

इच्छुकले असोज २ गते अपरान्ह ३ बजेभित्र काठमाडौंको लाजिम्पाटमा रहेको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलमा आइपुग्ने गरी आवेदन पेश गर्नु पर्नेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ ।

बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता वा सो भन्दा बढीको लागि १० ले भाग जाने संख्यामा वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स