काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडादर घटाएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको हो ।
प्राधिकरणले भदौ १९ गतेदेखि लागृ हुनेगरि हवाई भाडादर घटाएको हो ।
जसअनुसार प्राधिकरणले सबैभन्दा बढी नेपालगन्जको भाडादर २६५ रुपैयाँले घटाएको छ भने सबैभन्दा कम सिमराको ४५ रुपैयाँले घटेको छ ।
पोखराबाट भद्रपुरको भाडा २ सय रुपैयाँले घटेको छ । विराटनगर भैरहवाको भाडा १९५ रुपैयाँले घटेको छ । पोखरा विराटनगर १७५ रुपैयाँले घट्दा काठमाडौं धनगढी २२० रुपैयाँले घटेको छ ।
नेपाल आयल निगमले गत भदौ १५ गते आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएसँगै प्राधिकरणले पनि हवाई भाडादरमा हेरफेर गरेको हो ।
योसँगै हवाई इन्धनको मूल्य प्रतिलिटर १३२ रुपैयाँ कायम भएको छ । त्यस्तै, हवाई भाडादर न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २६५ रुपैयाँसम्मले घटाइएको छ ।