सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज बिहानै भूकम्प

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज बिहानै भूकम्प गएको छ।

सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा पनि महशुस गरिएको छ।

‘यो ०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पकै पराकम्प केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए । केन्द्रले यो सानो खाले भूकम्प भएको जनाएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स