कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पुँजीको १४.८६ प्रतिशत अर्थात ११ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई निष्काशन गर्ने तयारी गरेको हो ।

कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीको कर्पोरेट कार्यालय बालकुमारी, ललितपुरमा आयोजित एक कार्यक्रमका बीच कान्तिपुर फर्मास्यूटिकल्स ल्याबको तर्फबाट सञ्चालक नवराज पौड्याल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सन् २०१८ सालमा स्थापित भएको यस कम्पनीले औषधी व्यवस्था विभागबाट उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र प्राप्त गरी भेटेरिनरी सम्बन्धीे औषधीहरुको अनुसन्धान तथा आहारपुरक सप्लिमेन्टस् उत्पादन गर्दै बिक्री वितरण गरिरहेको छ ।

कम्पनीले उत्पादन गरी रहेका औषधीहरु विश्व स्वास्थ्य संगठनले सिफरिस गरेको ढाँचामा न्ययम : Good Manufacturing Practices (GMP) tyf Feed Addititives and Pre-Mixture Quality System (FAMI QS)अनुसार प्रमाणिकरण प्रमाणपत्रहरु प्राप्त गरी नेपाल तथा अन्र्तराष्ट्रिय बजारमा बिक्री वितरण गर्ने लक्ष्य रहेको छ ।

हाल कम्पनीले औषधी व्यवस्था विभागबाट ६१ वटा औषधीहरुको उत्पादन स्वीकृती प्राप्त गरिसकेको छ भने जसमध्ये १३ वटा औषधीहरुको बिक्री वितरण प्रमाण पत्रप्राप्त गरि नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । यस्तै अन्य औषधीहरुको बिक्री वितरण प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ ।

साथै, कम्पनीले २१ वटा अन्य आहारपुरक सप्लिमेन्टसहरुका समेत उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स