नाडामा सीजी मोटर्सको एग्रेसिभ इन्ट्री, लक्जरीदेखि प्यासेन्जर भेइकलसम्म

काठमाडौं । पछिल्लो समय सीजी मोटर्सको बजारमा एग्रेसिभ इन्ट्री भएको छ । नाडा अटो शोमा नेपाली बजारलाई सुहाउँदो अवतार, एक्सपेङ, रिडारा र हिरो गरी चार नयाँ ब्रान्ड सार्वजनिक गरेको हो। नयाँ ब्रान्ड सार्वजनिक गरेको छ ।

नेपाली बजारमा विद्युतीय सवारीसाधनको बढ्दो माग र ग्राहकहरूको आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै सीजी मोटर्सले चार विभिन्न नयाँ ब्रान्ड सार्वजनिक गरेको हो। सीजी मोटर्सले नेपाली बजारमा बिक्री गर्दै आएका ब्रान्डको संख्या १० पुगेको छ ।

३ वर्ष अवधिमै ईभीका ६ ब्रान्ड भित्र्याउन सफल भइसकेको छ । यसमध्ये नेटा पनि राम्रै चलेको छ । नेपाली बजारमा नेटाले राम्रो बजार लिएपछि सीजी मोटर्सले नाडा अटो शोमा एक्सपेङ, अवतार, आयान, रिडारा, सिजी केवाईसी, किङ लङ र हिरो गरी सीजी मोटर्सका आठ वटा स्टल राखेको छ । नाडा अटो शो २०२४ मा सीजी मोटर्सले ईभीका मात्रै चार नयाँ ब्रान्डका ७ ओटा मोडल भव्यताका साथ सार्वजनिक गरेको छ ।

सीजी मोटर्सले नाडा अटो शोमार्फत नै नेपाली बजारमा अवतार सार्वजनिक गरेको हो । अवतारको ११ मोडल नाडा अटो शोमार्फत सार्वजनिक भएको हो। शोमा उक्त स्टलमा ग्राहकहरूको राम्रो क्रेज देखिएको छ ।

अवतार विश्वप्रसिद्ध सवारीसाधन उत्पादक कम्पनी चंगान टेक्नोलोजीमा अग्रणी कम्पनी हुवावे र उत्कृष्ट ब्याट्री उत्पादक कम्पनी सीएटीएलको साझेदारीमा उत्पादन भएको ब्रान्ड हो।

अवतार ११ प्रिमियम सेग्मेन्टमा पर्ने लक्जरी र फ्युचुरिस्टिक एसयूभी हो। उक्त गाडी फुल चार्जमा ६८० किलोमिटरसम्म कुद्न सक्छ । अवतार ११ मा १९० किलोवाटको मोटर जडित छ । ९० किलोवाट र ११६ किलोवाटको ब्याट्री गरी नेपाली बजारमा २ भेरियन्टमा उपलब्ध हुनेछ ।

नाडा अटो शो को स्टल नम्बर जी १२ मा रहेको एक्सपेङ, सीजी मोटर्सले सार्वजनिक गरेको अर्को ब्रान्ड हो। एक्सपेङ को जी ६ मोडल प्रिमियम सेग्मेन्टमा पर्छ । उक्त गाडीले एक फुल चार्जमा ४३५ किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी रहेको छ । १९० किलोवाटको मोटर र यसको ब्याट्री रहेको एक्सपेङ जी ६ ले २१५ किलोवाटसम्मको डीसी फास्ट चार्ज सपोर्ट गर्छ भने १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्नमात्रै
२० मिनेट लाग्नेछ ।

स्टल नम्बर बी ५ मा रहेको आयानले नाडालाई लक्षित गरी यसको ४ भेरियन्ट प्रदर्शनमा रहेको छ । स्टल नम्बर एम १३ बाट हिरोमार्फत सीजी मोटर्सले दुईपाङ्ग्रे सेगमेन्टमा आफ्नो सेवा विस्तार गरेको छ ।

सीजी मोटर्सको प्यासेन्जर सेगमेन्टमा नेपालकै सर्वाधिक बिक्री हुने इलेक्ट्रिक भ्यान, सिजी केवाईसी स्टल नम्बर जे टुमार्फत प्रदर्शन गरिएको छ। सिजी केवाईसीले विगतका वर्षहरूमा ग्राहकहरूको मन जित्न सफल रहेको छ ।

नाडा अटो शोमार्फत नै सार्वजनिक गरेको अर्को ब्रान्ड हो रिडारा । नाडा अटो शोको स्टल नम्बर ए ९ मा रहेको रिडाराले ब्याट्री र पिक मोटर पावर राम्रो रहेको छ ।

नाडा अटो शोमामा सिजी केवाईसीले पर्यटन क्षेत्रलाई लक्षित गर्दै कम्फर्ट र सुरक्षालाई प्राथमिकता राख्दै सिजी केवाईसीको ७ सिटर इलेक्ट्रिक भ्यान सार्वजनिक गरेको छ । उक्त गाडीले यात्रुहरूलाई लक्जरी र सुरक्षित यात्राको अनुभव प्रदान गर्नेछ ।

सिजी केवाईसी ले एक फुल चार्जमा तीन सय किलोमिटरको रेन्ज प्रदान गर्दछ भने डुअल एयरब्याग, एबीएसजस्ता उत्कृष्ट सेफ्टी फिचर्सहरू समावेश गरिएका छन् । लामो रुटको यात्राको लागि लक्जरियस र कम्फर्टेवल यात्राको समाधानस्वरूप सीजी मोटर्सले किङलङ १९ सिटर, १६ सिटर र १५ सिटर सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स