विकास हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने विशेष प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले सभा असोज २२ गते भिनोलिभा हस्पिटालिटी प्रा.लि, नारायणहिटी प्यालेस म्युजियम, उत्तरढोका, काठमाडौमा बिहान ११ बजे डोकेको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल पारित गर्नेछ । कम्पनीले विशेष प्रस्तावको रुपमा रहेको कम्पनीको प्रबन्धपत्र, नियमावली संशोधन तथा सामान्य प्रस्तावको रुपमा रहेको कम्पनीको प्रारम्भिक सेयर निष्काशन (आईपीओ) सम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

सभाले लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

त्ष्स्तै, सभाले आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक पनि तोक्ने निर्णय पारित गर्नेछ ।

कम्पनीले गोरखाको धार्चे गाउँपालिकामा ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स