एक कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । आइतबार, नेप्से परिसूचक ५३.६३ अंकले घटेर २६९५.९३ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड ६२ लाख ४६ हजार कित्ता सेयर १० अर्ब ५१ करोड ७६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०९ वटा कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सुपर माई हाइड्रोपावरमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

हिमालयन पावरको ९.८७%, कुथेली बुखेरी स्मल हाइड्रोपावरको ८.७३%, सानिमा लार्ज क्याप फण्डको ८.४४%, सनराइज ब्लु चिप फण्डको ६.७८%, एनआईबीएल स्टेबल फण्डको ६.७७%, समलिङ पावरको ५.८९%, सानिमा ग्रोथ फण्डको ५.८४%, एनआईबीएल ग्रोथ फण्डको ५.३१%, उप्पर हेवे खोलाको ५.२३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स