सानिमा रिलायन्स लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ७५ रूपैयाँसम्म बोनस पाउने

काठमाडौं । सानिमा रिलायन्स लाइफले आर्थिक वर्ष २०७९/८० को नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

कम्पनीले आव २०७९/८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिवर्ष प्रति हजार १९ रुपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म बोनस पाउनेछन् ।

१. सावधिक जीवन बीमा योजना (रेगुलर)
कम्पनीले यस बीमा योजना अन्तर्गत ० वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७० रुपैयाँ बोनसदर तोकेको छ ।

२. सावधिक जीवन बीमा योजना (एकल)
कम्पनीले यस बीमालेख अन्तर्गत ० वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३८ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४३ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनसदर तोकेको छ ।

३. त्रिपल सावधिक बीमा
कम्पनीले यस बीमा योजना अन्तर्गत १० वर्षदेखि १४ वर्षसम्मको अवधिका लागि २० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि २० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ३० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

४. दम्पती सावधिक बीमा
कम्पनीले यस बीमा योजनामा १५ वर्षदेखि १९ वर्षसम्मको अवधिका लागि २० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ३० रुपैयाँ बोनसदर तोकेको छ ।

५. सावधिक तथा आजीवन
कम्पनीले यस बीमा योजनमा ० वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७० रुपैयाँ बोनसदर तोकेको छ ।

६. अग्रिम भुक्तानी
कम्पनीले यस बीमा योजना अन्तर्गत १० वर्षदेखि १४ वर्षसम्मको अवधिका लागि ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३७ रुपैयाँ र २० वर्षदेखि २४ वर्षसम्मका लागि ४२ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

७. वार्षिक अग्रिम भुक्तानी
कम्पनीले यस योजनामा १५ वर्षदेखि १९ वर्षसम्मका लागि १९ रुपैयाँ र २० वर्षदेखि २४ वर्षसम्मका लागि २१ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

८. मुद्दति सुरक्षण बीमा योजना (नियमित शुल्क र एकल शुल्क)
कम्पनीले यस बीमा योजनामा सम्पूर्ण बीमा अवधिका लागि २४ रुपैयाँ र एकल शुल्कतर्फ ५४ रुपैयाँ बोनसदर कायम गरेको छ ।

९. १५ वर्षे अग्रिम भुक्तानी योजना
कम्पनीले यस योजनामा सम्पूर्ण अवधिका लागि ४१ रुपैयाँ बोनसदर कायम गरेको छ ।

१०. २० वर्षे अग्रिम भुक्तानी योजना
कम्पनीले यस योजनामा सम्पूर्ण अवधिका लागि ४५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

११. रुपान्तरित वार्षिक अग्रिम भुक्तानी योजना
कम्पनीले यस बीमा योजनामा सम्पूर्ण अवधिका लागि ३० रुपैयाँ बोनसदर तोकेको छ ।

१२. सामूहिक सावधिक योजना
कम्पनीले यस योजनामा सम्पूर्ण अवधिका लागि १९ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

१३. सावधिक तथा आजीवन
कम्पनीले यस बीमा योजनामा ० वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि ३० रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७५ रुपैयाँ बोनसदर तोकेको छ ।

१४. सावधिक
कम्पनीले यस योजनामा ० वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि ३० रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३५ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७५ रुपैयाँ बोनसदर तोकेको छ ।

१५. सीमित भुक्तानी सावधिक
कम्पनीले यस योजनामा १० वर्षदेखि १४ वर्षसम्मका लागि ४० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४२ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ५२ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनसदर तोकेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स