काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर १ लाख ५३ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १८ सय ५५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले घटेर १८ सय ३० रूपैयाँ कायम भएको छ ।