हिमालयन लाइफ इन्स्योरेन्सको करिब दुई लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको करिब दुई लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक सेयरधनी विनय कुमार तोदीको नाममा रहेको कुल १ लाख ९६ हजार ९७३ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयर हाल विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउँछन् । सेयर खरिद गर्न चाहने इच्छुक सेयरधनीले ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित निवेदन दिनु पर्नेछ ।

उक्त समयावधिभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेको खण्डमा उक्त सेयर सर्वसाधारणमा बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स