ओप्पोद्वारा नयाँ रेनो१२ सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । ओप्पोले नयाँ एआई फोन रेनो१२ नेपाली बजारमा सार्वजनिक गरेको छ, जसले इन्डस्ट्री–लिडिङ जेनएआई विशेषताहरू सहित उत्पादनशीलता र सिर्जनशीलताको नयाँ सम्भावनाहरू खोल्नेछ । यो मोडल ओप्पोको लोकप्रिय रेनो श्रृंखलामा नयाँ अध्यायको रूपमा सार्वजनिक भएको छ र एआई फोनको परिकल्पनालाई तिव्र बनाउन ओप्पोको लागि पहिलो र महत्वपूर्ण सार्वजनिक भएको छ ।

रेनो१२ मा फ्युचरिस्टिक फ्लुइड डिजाइन र उच्च–शक्ति एलोय फ्रेमवर्क जस्ता विशेषताहरू छन्, जसले नयाँ आकर्षक लुक सिर्जना गर्दा रेनो श्रृंखलामा सबैभन्दा मजबुत डिजाइन समावेश गरेको छ जसले झर्दा मोबाइलमा आउने समस्या, दबाब, र पानीबाट सुरक्षित राख्दछ । यी दुई मोडलहरुमा ४एनएम मिडियाटेक डाइमेन्सिटी ७३००–एनर्जी मोबाइल प्लेटफर्म पनि छ जसले विशेष पावर दक्षता प्रदान गर्दछ ।

ओप्पोको ८० वाट सुपर भीओओसीटीएम फ्ल्यास चार्ज प्रविधि र रेनोे सिरिजको इतिहासमा सबैभन्दा उच्च इनर्जी डेन्सिटी ५००० एमएएच् ब्याट्री सहित नयाँ रेनो१२ ले अल्ट्रा–लङ्ग ब्याट्री लाइफ, फास्ट चार्जिङ, र चार वर्षसम्मको ब्याट्री लाइफ सुनिश्चित गर्दछ, साथै रेनो सिरिजको प्रयोगात्मक, टिकाउपन, र ट्रेन्ड–सेटिङ शैली जारी राखि रहनेछ ।

एआई फोनहरूलाई अपनाउने प्रक्रिया तिव्र पार्दै
यस वर्षको शुरुवातमा, ओप्पोले प्रयोगकर्ताहरुलाई उच्च स्तरका फ्लागशिप स्मार्टफोन भन्दा बाहिरको एआई क्षमताहरू ल्याउने प्रतिबद्धता व्यक्त गरेको थियो । यस प्रयास स्वरुप ओप्पोले गुगल, माइक्रोसफ्ट, मिडियाटेक, क्वालकम, र अन्य साझेदारहरूसँग मिलेर एआई फोनहरू ल्याउनलार्ई तिव्र रुपमा काम गर्दैछ ।
रेनो१२ मा दैनिक प्रयोगका लागि विशिष्ट जेनएआई सुविधाहरू समेटेको छ जसमा अपडेट गरिएको एआई इरेजर समावेश छ, यसको मद्दतले प्रयोगकर्ताहरूल अनावश्यक व्यक्तिहरू र वस्तुहरूको पहिचान गरी फोटोमा संयोगवश आएका अनिच्छित व्यक्तिहरूलाई सजिलैसँग हटाउन सक्छन् ।

यसका साथै, रेनो१२ मा ग्रुप फोटोहरूलाई अझ राम्रो बनाउन डिजाइन गरिएको दुई एआई सुविधाहरू पनि समावेश गरिएको छ । एआई क्लियर फेसले ग्रुपको सबै व्यक्तिहरूलाई, क्यामेराबाट टाढा रहेका व्यक्तिहरूसम्म स्पष्टताका साथ कैद गर्दछ र अनुहारको आकृति, कपाल, र आँखीभौहरु जस्ता विवरणहरूलाई पुर्नस्थापित गर्दछ । अर्को तर्फ, एआई बेस्ट फेसले फोटोमा बन्द व्यक्तिहरूको आँखालाई पहिचान गर्न सक्छ र परिष्कृत जेन आई प्रविधिको प्रयोग गरेर तिनीहरूलाई सुधार्न सकिन्छ, जसले गर्दा कुनै पनि ग्रुप फोटो बेकार जाँदैन ।

अझ बढी रचनात्मक सम्भावनाहरूका लागि, एआई स्टुडियोले केवल एउटा प्रयोगकर्ताको फोटोबाट डिजिटल वा कलात्मक पोर्ट्रेट शैलीहरू सिर्जना गर्न सक्छन् । प्रयोगकर्ताहरूले आफूलाई काउब्वाइ, साइबरपंक मेग्य स्टार, तथा नयाँ जेन एआई क्षमताहरूको प्रयोग गर्दै अन्य धेरै शैलीहरूमा पुनःकल्पना गर्न सक्नेछन् ।

फोटो सुधारको साथसाथै, रेनो १२ मा एआई समावेश गरेर थप दक्षता र रचनात्मकता ल्याएको छ । स्मार्ट साइडबारमा गुगल जेमिनी र लार्ज लाङ्ग्वयज मोडलमा आधारित, एआई टुलबक्स थपिएको छ, जसले शक्तिशाली क्षमताहरूको पहिचान गरी त्यसको प्रयोग गरेर स्क्रिनमा भएका सामग्रीलाई सोसल मिडियाको लागि बनाउन अथवा लामो लेखहरूको कन्टेन्ट समराइजलाई बुझ्न र त्यसअनुसार एआई सुविधाहरू सिफारिस गर्न मद्दत गर्दछ, जस्तै रेकर्डिङ एपमा, प्रयोगकर्ताहरूले अब नयाँ एआई रेकर्डिङ समरी टुलको प्रयोग गरेर भ्वाइस रेकर्डबाट टेक्स्ट समराइज बुद्धिमानीपूर्वक निकाल्न र तिनीहरूलाई नोटहरूमा व्यवस्थित गर्न सक्छन्, जसमा कार्य सूची, समय, स्थानहरूको जानकारी र अन्य विवरणहरूलाई हाइलाइट गरी राम्रोसँग पढ्नको लागि फर्माट बनाउन सकिन्छ ।

दृढ र स्पष्ट रूपमा बलियो
रेनो शृङ्खलालाई भविष्यमा दृढतापूर्वक लिएर जाने रेनो१२ को अगाडि स्पेस–एज सिल्भर एक्सटेरियरको वरिपरि केन्द्रित बोल्ड डिजाइन रहेको छ । रेनो१२ पछाडिको ग्लास प्यानल ओप्पोको फ्लुइड रिपल टेक्सचरले बनाइएको छ, जसले पोखरीमा पानी बग्ने थ्रीडी जस्तो अनुभूति सिर्जना गर्दछ । पारालाक्स इफेक्टको प्रयोगले रेनो सिरिजको पहिचान बनेको मिरर–स्मूद टेक्सचर जस्तै अनुभुतिलाई कायम राख्दै यो दृश्य अनुभूति हासिल भएको सुनिश्चित गर्दछ ।

सिल्भर लुकको अतिरिक्त, यो थप दुई कलर अप्सनमा उपल्ब्ध छ । यो फोनमा सनसेट पींकले ओप्पोको ग्राफिक लिक्विड क्रिस्टल प्रयोग गरी २०२४ को कलर अफ द इयर, पीच फज समावेश गरिएको छ । थप क्लासिक लुकको लागि, म्याट ब्राउनले फिंगरप्रिन्ट–रहित फिनिशमा रिच कोको ह्यु फिचर गरिएको छ । रेनो१२ प्रोमा, सनसेट गोल्ड र स्पेस ब्राउन दुबैमा दुई–टोन म्याट–ग्लस डिजाइन छ जसमा दुई भागहरू स्वभाविक रूपमा फोनको पछाडि तेर्सो रूपमा चलिरहेको सुन्दर मेटालिक रिबनद्वारा अलग गरिएको छ । यो फोन ६.७ इन्च, १२० एचजेड ओएलईडी डिस्प्ले जसमा हार्डवेयर स्तरको कम नीलो प्रकाश आँखा सुरक्षा प्रदान गर्दै १.०७ बिलियन रङहरू प्रदर्शन गर्न सक्षम छ । यसमा ओप्पोको प्लास टच प्रविधि थपिएको छ जसले स्क्रिन वा प्रयोगकताहरुले हात भिजेको अवस्थामा पनि स्क्रिनलाई सही रूपमा मोबाइलमा काम गर्न सक्नेछन् ।

रेनो १२ मा स्क्रिनलाइ सुरक्षित राख्न यसको विशेष ड्रप सुरक्षाको साथ Corning® Gorilla® Glass 7i राखिएको छ । रेनो सिरिज फोनमा देखिने सबैभन्दा सुरक्षित ग्लासको प्रभाव, ड्रप, बेन्डिङ र स्क्र्याचहरू विरुद्ध अल्ट्रा–फ्ल्यागशिप–स्तर प्रतिरोध प्रदान गर्दछ । आईपी६५ रेटिङको साथ, दुबै मोडेलहरूले धुलो र पानी प्रतिरोध पनि प्रदान गर्दछ, जबकि फोनमा ओपनिङ, स्पिकर, युएसबी–सी पोर्ट, र सिम कार्ड ट्रे लगायतका महत्वपूर्ण कम्पोनेन्टहरूद्वारा फोनहलाई वाटरप्रुफ र अझ बढी बलियो बनाइएको छ ।

एआई पोर्ट्रेट सँग जीवनका पलहरू अनुभव गर्नुहोस्
सोनी एलवाइटी–६०० सेन्सरले पूर्ण–पिक्सेल ओम्निडायरेक्शनल अटोफोकस र ओआईएस सहित सुसज्जित, रेनो १२ को मुख्य क्यामेराले स्पष्ट शटहरूको लागि छिटो र स्थिरता लाई धेरै फोकस गर्न सकिन्छ । यसले व्यावसायिक क्यामेराहरू प्रयोग गरेर खिचिएका फोटोहरुलाई टक्कर दिन सक्षम आकर्षक, बोकेह–रीच पोट्रेटहरू सजिलै खिच्नको लागि २ह जूम सम्मको पोर्ट्रेट मोड पनि समावेश गरिएको छ ।

रेनो१२ परिष्कृत फ्ल्यास स्न्यापसट फिचरको समथ आएको छ, जसले क्यामेराको एक्सपोजर प्रक्रियालाई थप चुस्ततापूर्वक समायोजन गर्दछ, जस मार्फत फोटोहरूलाई थप यथार्थपरक लाइटिङ इफेक्ट र न्याचुरल स्किन टोनहरू सहितको फोटो खिच्न सकिन्छ । ३०एफपीएस मा ४के भिडियो र १०८०पी भिडियोे चार गुणा रिजोल्युसनमा आश्चर्यजनक हाई–डेफिनिसन भिडियोको लागि रियर र फ्रन्ट–फेसिङ क्यामेराहरू उपलब्ध छ ।

ग्लोबलको डेब्यु प्लेटफर्मले रेनोको अहिलेसम्मकै उत्कृष्ट पावर दक्षता प्रदान गर्दछ
रेनो १२ कस्टम ४एनएम मिडिया टेक डाइमेनसीटी ७३००–इनर्जी मोबाइल प्लेटफर्म फिचर गर्ने पहिलो फोन हो । विशिष्ट पावर इफिसियन्सी प्रदान गर्न मिडिया टेक र ओप्पो द्वारा को–डेभलब्ड गरिएको, नयाँ अक्टा–कोर प्लेटफर्ममा चार ए७८ कार्यसम्पादन कोर र चार ए५५ इफिसियन्सी कोरहरू समावेश छन् । ओप्पो र मिडिया टेक बीचको डाइमेन्सिटी ७३००–इनर्जी बीचको गहिरो सहकार्यले नवीनतम कलर ओएस ट्रिनिटी इन्जिन मार्फत एसओसी, मेमोरी र भण्डारण कार्यसम्पादनमा सफलताहरू प्रदान गरेको छ ।

अहिलेका प्रयोगकर्ता पहिचान गर्न एआई मोडहरू प्रयोग गरेर, ट्रिनिटी इन्जिनको अद्यावधिक गरिएको सीपीयु–भीटा इन्जिनले प्रणाली स्थिरता र सहजता सुनिश्चित गरेर कम पावर खपत गर्दै एसओसी स्रोतहरू ठीकसँग स्थापित गर्न सक्षम छ । र्याम–भीटा इन्जिनले एप लन्च गति र स्विचहरूलाई गति दिन र्यामको उपयोग बढाउँछ । यसले सक्रिय ब्याकग्राउन्ड एपहरूलाई एक बीट नछोडिकन ७२ घण्टासम्म चलाउन सक्छ । यसका साथै, ओप्पोको र्याम विस्तारले १२ जीबी भण्डारणलाई अस्थायी र्याममा रूपान्तरण गर्न प्रयोग गर्न सकिन्छ, आवश्यक पर्दा थप स्मूथनेस प्रदान गर्दछ ।

अन्तमा, अद्यावधिक गरिएको रोम–भीटा इन्जिनले अब बारम्बार प्रयोग हुने एपहरूमा हानि रहित कम्प्रेसन गर्छ र अनावश्यक भण्डारण प्रयोगलाई कम गर्न डुप्लिकेट फाइलहरू प्रबन्ध गर्दछ, परिणामस्वरूप प्रयोगकर्ता फाइलहरूको लागि भण्डारण गर्ने ठाउँ र मेमोरी छिटो पढ्न/लेख्न सकिन्छ ।

लंगर ब्याट्री लाइफ र फास्ट चार्ज
रेनो १२ को ब्याट्रीमा एनोड र क्याथोड संरचनामा लक्षित अप्टिमाइजेसनले रेनो सिरिजको फोनमा अहिलेसम्मकै हाइएस्ट ईनर्जी डेनसीटी ५००० एमएएच् ब्याट्री सिर्जना गर्न मद्दत गरेको छ, जसलमा ब्याट्रीको साइज नबढाई चार वर्ष भन्दा बढी ब्याट्री लाइफ र स्थायित्व प्रदान गर्दछ ।
दुबै मोडलहरूमा ओप्पोकोे ८०डब्लु सुपर भीओओसीटीएम फ्ल्यास चार्जको लागि समर्थन सहित, यो ब्याट्रीलाई १% देखि ३२% सम्म मात्र दश मिनेटमा चार्ज गर्न सकिन्छ, साथै १००% चार्ज मात्र ४६ मिनेट मा गर्न सकिन्छ ।

स्मुथ, सिमलेस र स्थिर जडान
रेनो १२ ओप्पोको स्वामित्वमा रहेको एआई लिङ्कबुस्ट प्रविधिको पछिल्लो फोन हो । ३६०* वरपरको वास्तुकलामा व्यवस्था गरिएका नौ छुट्टाछुट्टै एन्टेनाहरू मिलेर, एआई लिङ्कबुस्ट ले प्रयोगकर्ताको नेटवर्कमा आधारित एआई मोडल प्रयोग गरी सिग्नल रिसेप्शनलाई बढावा दिन र नेटवर्क चयनलाई अनुकूलन गर्न सक्षम छ । एआई लिङ्कबुस्ट को नयाँ पुस्ताका लागि, ओप्पोले लगातार स्थिर जडान सुनिश्चित गर्न विश्वव्यापी बजारहरूमा व्यापक स्थानीय परीक्षण र अप्टिमाइजेसन पनि गरेको छ ।

यसमा कमजोर सिग्नल वा व्यस्त नेटवर्क भएका क्षेत्रहरूमा नेटवर्क लेटन्सी सुधार गर्ने, वाइफाइ र सेलुलर नेटवर्कहरू बीच सिमलेस स्विचिङ बढाउने, र एलिभेटरहरू वा बेसमेन्टहरूबाट बाहिर निस्कँदा सिग्नल रिकभरीको गति बढाउने जस्ता सुविधाहरु समावेश छ । विश्वको पहिलो TÜV Rheinland High Network Performance Certification को साथमा, रेनो १२ लाई यसको क्लास–लिडिङ जडान गरिएको कार्यसम्पादनमा थप विश्वासको लागि सबै परीक्षण गरिएका परिदृश्यहरूमा सहज नेटवर्क अनुभव प्रदान गर्न प्रमाणीकरण गरिएको छ ।

फ्लाइङ, सबवे कम्युटिङ, वा माउन्टेन हाइकिङ जस्ता परिस्थितिहरूमा जहाँ मोबाइल नेटवर्क कभरेज उपलब्ध छैन, ओप्पोले BeaconLink लाई रेनो१२ मा समावेश गरेको छ । स्वामित्व संचार प्रोटोकलहरू प्रयोग गर्दै, BeaconLink ले २०० मिटरसम्मको दूरीमा सञ्चार गर्न ब्लुटुथ प्रसारणलाई बढावा दिन्छ, यसले नेटवर्क कभरेजको आवश्यकता बिना आपतकालीन अवस्थामा एक–देखि–एक भ्वाइस कलहरू गर्न सम्भव बनाउँछ ।

मूल्य र उपलब्धता
रेनो१२ नेपालमा यही भाद्र १२ मा एस्ट्रो सिल्भर र म्याट ब्राउनमा उपलब्ध हुनेछ । १२ जीबी र्याम + ५१२ जीबी रोम संस्करणको ६५,९९९ रूपैयाँ पर्दछ, जुन हरेक रिटेलर स्टोरमा उपलब्ध रहनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स