यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने कम्पनी

काठमाडौं । साताको चौथो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

बुधबार, नेप्से परिसूचक ३.८० अंकले बढेर २७८६.४० अंक विन्दुमा आइपुगेको छ ।

आज ३ करोड ५० लाख कित्ता सेयर १३ अर्ब ७२ करोड ७३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४२ वटा कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, चन्द्रागिरी हिल्स्को सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४३ करोड ७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल फाइनान्सको ४१ करोड ५९ लाख, हिमालयन रि इन्स्योरेन्सको ३८ करोड १० लाख, अपी पावरको ३३ करोड ९७ लाख, अरुण भ्यालीको ३२ करोड २० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स