काठमाडौं। मारवाडी सेवा समिति नेपालले अत्यन्त भिडभाड हुने देशकै राजधानी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अत्याधुनिक आरो फिल्टर प्लान्ट सहितको बुथ निर्माण गरी हस्तान्तरण गरेको छ। सोमबारर एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतद्वारा उद्घाटन गरी आरो फिल्टर प्लान्ट हस्तान्तरण गरिएको हो।
उक्त्त आरो फिल्टर प्लान्ट हस्तान्तरण अवसरमा प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले मारवाडी सेवा समिति नेपालद्वारा गरिएका सेवा कार्यहरुको प्रसंशा गर्दै जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने आम सर्वसाधारणलाई शुद्व पिउने पानीको दिर्घकालिन व्यवस्था गरी पुण्य कार्य गरेकोमा धन्यवाद् ज्ञापन गरेको थिए। साथै उनले आगामी दिनहरुमा सेवा समिति र जिल्ला प्रशासन कार्यालय बीचको सम्बन्ध अझ प्रगाढ हुने बिश्वास व्यक्त गरे ।
कार्यक्रममा समितिका अध्यक्ष प्रमोदकुमार अग्रवालले सेवा गर्ने अवसर प्रदान गरिदिएकोमा प्रमुख जिल्ला अधिकारी लगायत सहायक प्रमुख जिल्ला अधिकारी समक्ष आभार व्यक्त गरेका थिए थियो ।
मारवाडी सेवा समिति नेपालले आफ्नो स्थापना कालदेखि नै विभिन्न संघ संस्था एवं सरकारी निकायबाट खानेपानी माग भई आउँदा उपलब्ध गराउँदै आइरहेको छ । साथै समितिले विभिन्न मेला पर्वहरुमा सार्वजनिक स्थलहरुमा निःशुल्क खानेपानी सेवा प्रदान गर्दै आइरहेको छ ।