नाडा अटो शोमा यामाहा डब्लुआर १५५ आर एडभेन्चर बाइक र एमटी–१५ भर्सन २ को अनावरण

काठमाडौं । यामाहाले काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आजबाट सुरु भएको नाडा अटो शो २०२४ को उद्घाटनकै दिन रोमाञ्चक प्रभाव छोड्न सफल भएको छ । प्रदर्शनीमा माननिय उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलको हातबाट आफ्नो नयाँ एडभेन्चर बाइक यामाहा डब्लुआर १५५ आरको साथै एमटी–१५ भर्सन २ अनावरणका का साथसाथै एरोक्स, यामाहा एपÞm जेड एस डिलक्सका प्रदर्शनले उपस्थितहरूलाई मोहित तुल्याएको थियो । यामाहाको स्टल रहेको इभेन्टको स्टल नम्बर एमएम १५ मोटरसाइकल पारखी र उत्साहीहरूका लागि घुम्नैपर्ने ठाउँ बनेको छ ।

शोको उद्घाटनकै दिनमा लन्च गरिएको यामाहा डब्लुआर १५५ आर अफ–रोड एडभेन्चर सेगमेन्टमा गेम चेन्जर बाइक हो। १५५ सीसी लिक्विड कूल्ड इन्जिन रहेको यसले प्रभावशाली १६.५ बीएचपी र १४.३ एनएम टर्क प्रदान गर्छ जसले जुनसुकै भूभागमा यात्रा गर्नका लागि एजिलिटीसँग शक्तिको संयोजन गर्छ ।

यामाहाको डब्लूआरसी बाइकहरूबाट प्रेरणा लिएको डब्लूआर १५५ आरमा हल्का तौलको फ्रेम, एडजस्टेबल सस्पेन्सन, डुअल–च्यानल एबीएस र आधुनिक डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश छ जसले यसलाई शहरी राइडरहरू र अफ–रोड एडभेन्चर दुवैका लागि उपयुक्त बनाउँछ ।

यामाहा बाइकहरू यसको डिजाइन, टेक्नोलोजी, स्टेबलिटी र राइड एक्सपेरियन्सका लागि पुरै उद्योगमा अग्रस्थानमा पर्छन् । साहसिक र दक्ष नेपाली बाइकिङ उत्साहीहरूलाई नेपालको पहाडी भूभाग र अन्य कुनै पनि चुनौतीहरूमा पूर्ण नियन्त्रण र सुरक्षा प्रदान गर्ने यामाहा डब्लुआर १५५ आर वास्तवमै एडभेन्चर बाइक सेग्मेन्टमा अन्य सबै प्रतिस्पर्धीहरूभन्दा धेरै अगाडि रहेको छ ।

इभेन्टमा आगन्तुकहरू डब्लूआर १५५ आरको स्लीक डिजाइन र अत्याधुनिक प्रविधिबाट प्रभावित देखिएका छन्। यसले यामाहाको इनोभेसन र पर्फर्मेन्समा अग्रणीको रूपमा कायम प्रतिष्ठालाई पनि बलियो बनाएको छ । डिस्प्लेमा राखिएको भर्खरै लन्च भएको यामाहा एमटी–१५ भर्सन २ ले आफ्नो आक्रामक स्टाइल, नयाँ सुविधाहरूको लहर र रोमाञ्चक पर्फर्मेन्सले यामाहा स्टलमा थप उत्साह बढाएको छ ।

एमटी–१५ भर्सन २ मा उत्कृष्ट विशेषताहरू समावेश छन्, जसमा सुधारिएको स्थिरताको लागि अपसाइड डाउन फ्रन्ट फोर्कहरू, उच्च चपलताका लागि हल्का एल्युमिनियम स्विङ आर्महरू, र फरक आरपीएममा उत्कृष्ट शक्ति वितरणको लागि भेरिएबल भल्भ एक्टुएशन समावेश छन्। यसमा राम्रो नियन्त्रणका लागि ट्र्याक्सन कन्ट्रोल सिस्टम, सुरक्षित ब्रेकिङका लागि डुअल च्यानल एबिएस र वाई(कनेक्ट फिचर समावेश गर्दछ, जसले सवारहरूलाई स्मार्टफोन मार्फत उनीहरूको बाइकसँग जडानमा राख्न सक्षम बनाउँछ।

बाइक शोकेसका अतिरिक्त यामाहाले आकर्षक अन–ग्राउन्ड क्विज, गेम र अन्य गतिविधिहरू मार्फत् ठूलो भीडलाई आकर्षित गरेको छ। कार्यक्रममा बुकिङ गर्ने आगन्तुकहरूलाई ६००० रूपैयाँ विशेष छुट को साथै चाँदीको सिक्का र विशेष यामाहा मर्चेन्डाइजबाट पुरस्कृत गरिएको छ । यसले गर्दा यामाहा फ्यानहरूका लागि यो इभेन्ट अझ अविस्मरणीय बनिरहेको छ ।

नाडा अटो शो २०२४ यहि भाद्र १६ गतेसम्म जारी रहनेछ । यसले आगन्तुकहरूलाई यामाहाका नवीनतम अफरहरूको थ्रिल अनुभव गर्न प्रशस्त समय दिनेछ । स्टल नम्बर एमएम १५ को भ्रमण गर्ने र यामाहा डब्लूआर १५५ आरको साथमा एडभेन्चर बाइकिङको भविष्यको साक्षी बन्ने मौका नगुमाउन कम्पनीले बताएको छ ।

५० वर्षभन्दा बढी समयदेखि नेपालका अटोमोवाइल पारखीहरूलाई विश्व प्रसिद्ध ब्रान्डहरूको सेवा दिँदै आएको एमएडब्लू ग्रुप नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरहरूको विशेष वितरक हो । ग्रुपले भर्खरै नेपालमा निर्मित यामाहा मोटरसाइकलका दुई मोडल एफजेड भीथ्री डिलक्स र एफजेड भीथ्री स्ट्याण्डर्डको लागि १० वर्षको वारेन्टी समेत ल्याएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स