एएसजी आइ केयर र नेपाल स्किन हस्पिटलको फोहर उठाउन कामपाको रोक

काठमाडौं । नयाँ बानेश्वरमा सञ्चालित एएसजी आइ केयर र नेपाल स्किन हस्पिटलको फोहर उठाउन रोक लगाइएको छ ।

काठमाडौं महानगरपालिकाले आज गरेको अनुगमनका क्रममा ती स्वास्थ्य संस्थाले संक्रमित फोहर स्रोतमा वर्गीकरण नगरेको, हानीकारक फोहरलाई निर्मलीकरण गर्न अटोक्लेभजस्ता साधन तथा उपकरण प्रणाली नभएको तथा अन्तिम व्यवस्थापन गर्दा सामान्य फोहरसँगै पठाउने गरेको पाइएकोले फोहर उठाउन रोक लगाइएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स