काठमाडौं । आजदेखि काठमाडौंको भृकुटी मण्डपमा गाडीहरूको कुम्भमेला ‘नाडा अटो शो २०२४’ सुरु भएको छ । यस वर्षको ‘नाडा अटो शो २०२४’ आज भदौ ११ गतेदेखि १६ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ।
नाडा अटो शोमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले भाग लिने आयोजक नाडाले जनाएको छ । यी बैंक तथा वित्त कम्पनीहरूले आकर्षक स्किमसहित अटो शोमा सवारी खरिद गर्ने ग्राहकहरूलाई सहज फाइनान्सिङको सुविधा प्रदान गर्नेछन् ।
केहि वर्ष यता फष्टाएको विद्युतीय गाडीले यस वर्षको नाडा अटो शो मा पनि बाहुल्यता देखाएको छ । नाडा अटो शो कै लागि विभिन्न गाडी बिक्रेताहरूले नयाँ मोडेलका गाडीहरू भित्र्याएका छन् ।
हेर्नुस् फोटोमा ;