कुमारी बैंकको प्रवर्द्धनमा सञ्चालित ३ वटा म्युचुअल फण्डको लाभांश घोषणा

काठमाडौं । कुमारी बैंकको कोष प्रवर्द्धनमा सञ्चालन भएका विभिन्न म्युचुअल फण्डका तीन वटा योजनाले लाभांश घोषणा गरेका छन् ।

जसमा कुमारी धनवृद्धि योजनाबाट इकाईधनीले करसहित ९.५० प्रतिशत अर्थात ११ करोड ६३ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।

कुमारी इक्वीटी फण्डले इकाईधनीलाई ९.५० प्रतिशत अर्थात ९ करोड ५० लाख रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको छ ।

त्यस्तै, कुमारी सुनौलो लगानी योजनाले १०.५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । भदौ १० गतेसम्म कायम इकाईधनीले यो लाभांश पाउने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स