नाडा अटो शो सुरु, तपाईको रोजाइमा पर्न सक्ने यी गाडीको हुँदैछ उपस्थिति

काठमाडौं । आजदेखि काठमाडौंको भृकुटी मण्डपमा गाडीहरू कुम्भमेला ‘नाडा अटो शो २४’ सुरु हुँदैछ । विभिन्न ५५ ब्राण्डका नयाँ तथा पुराना गाडीहरूको प्रर्दशन हुने उक्त नाडा अटो शो विश्व बजारमा लोकप्रियता कमाएका विद्युतीय कारहरूको टक्कर हुने देखिएको छ ।

कतिपय गाडी बिक्रेता कम्पनीले नाडा अटो शो मै गाडी सार्वजनिक गर्ने भएका छन् भने कतिपयले साता अघिदेखि नाडा लक्षित गाडीहरू सार्वजनिक गरिरहेका छन् ।

केहि वर्ष यता फष्टाएको विद्युतीय गाडीले यस वर्षको नाडा अटो शो मा पनि बाहुल्यता देखिने भएको छ । नाडा अटो शो कै लागि विभिन्न गाडी बिक्रेताहरूले नयाँ मोडेलका गाडीहरू भित्र्याएका छन् ।

अटो शो मा डिपल एल–०७, जिकर एक्स, अवतार–११, एक्सपेङ जी–६ लिपमोटर सी–१० गाडीबीच टक्कर हुने देखिएको हो । नाडा अटो शोमा प्रर्दशनी गर्ने गरी चौधरी ग्रूप र एमएडब्ब्ल्यु ग्रूपको जोइन्ट भेन्चरमा अवतार–११ गाडी भित्र्याएको हो ।

हुवावे, सीएटीएल र चांगलको संयुक्त लगानीमा निर्माण गरिएको अवतार प्रिमियम ईभी ब्राण्ड हो । सीजी मोटर्सले नाडा अटो शोका लागि एक्सपेङ जी–६ ल्याएको हो ।

जिली अटोमोबाइल होल्डिङको ईभी ब्रान्ड जिकर एक्स गाडी नेपाली बजारमा शारडा ग्रूपले ल्याएको हो ।

भिजी मोर्टस
आजैमात्रै भिजि मोटर्सले दुई चिनियाँ कम्पनीका ८वटा नयाँ मोडलका गाडीहरू सार्वजनिक गरेको छ । कम्पनीले एसआरएमका ११ सिटे माइक्रो बस, हाइब्रिड भ्यान, पिकअप सार्वजनिक गरेको छ ।

विगत २४ वर्षदेखि गाडीको कारोबार गर्दै आएको भीजी मोटर्सले भित्र्याएका यी सबै गाडीहरू ब्याट्रीबाट सञ्चालित हुन् । ज्वयलङ कम्पनीका दुई वटा माइक्रो बस सार्वजनिक गरेको छ । १७ सिटे र २० सिटे माइक्रो बसहरू ब्याट्रीबाट सञ्चालन हुनेछन् ।

कम्पनीका प्रबन्ध निर्देशक विवेक बिजुक्क्षेले आफूले व्यक्तिगत रूपमा अध्ययन गरेर आफ्नै फ्याक्ट्री भएका कम्पनीबाट गाडी आयात गरिएको बताए ।

एमएडब्ल्यू दिपल
एमएडब्लू ग्रुपले दिपल एस०७ बिक्री गरिरहेको छ । पछिल्लो समय अहिले दिपल मन पराउनेको संख्या बढिरहेको छ । ‘दिपल ठिक्क मूल्यमा आकर्षक र सुविधाजनक ईभी भएकाले अहिले यसमा आकर्षण देखिएको कम्पनीले जनाएको छ ।

दिपल एस ०७ मा ईभी डेडिकेटेड ‘ईपीए १ प्ल्याटफर्म’ र ‘रियर ह्विल ड्राइभ सिस्टम’ छ जसको माथि ६६.८ किलोवाट आवरको ब्याट्री प्याक छ । यसले सिंगल चार्जमा ४ सय १० किलोमिटर रेन्ज (डब्लूएलटीपी) दिन्छ ।

अटोमोबाइल डिजाइनको ‘हेरिटेज’ मानिने इटालीको टुरिनमा डिजाइन भएको दिपल एस०७ मा नेपालमै पहिलो पटक प्रयोग भएका दर्जनौं फिचर छन् ।

नाडा अटो शोमा दिपलको प्रिमियम ईभी सार्वजनिक गर्ने भएको छ । चाँगान नेपालले दिपल एल०७ प्रिमियम ईभी सार्वजनिक गर्ने भएको हो ।

डिजाइनका हिसाबले एल०७ सेडानलाई एल ०७ जस्तै मास्टरपिस भन्न सकिन्छ । फ्रेमलेस डोर र इलेक्ट्रिक हिडन डोर ह्यान्डल सिस्टम सहितको स्लिक एरोडाइनामिक प्रोफाइललाई अझ अब्बल बनाएको छ ।

पानारोमिक ग्लास रुफले सुन्दरतालाई मात्र बढाएको छैन ओपन र लक्जरियस अनुभव दिलाउने कम्पनीको भनाइ छ । एमएडब्लू वृद्धिले चिनियाँ ब्राण्डको नामी गाडी नेपालमा सार्वजनिक गरेको गरिसकेको छ ।

कम्पनीले नामी ई १, नामी ई २ र नामी ई ३ का मोडलहरू सार्वजनिक गरेको हो । नेपालमा भित्रिएका यस ब्राण्डका गाडीले अन्य ईभीलाई टक्कर दिने कम्पनीले दाबी गरेको छ । यी गाडीको मूल्य किफायती र फिचर्स पनि आकर्षक भएको कम्पनीले बताएको छ ।

पायोनियर मोटोकर्प

पायोनियर मोटोकर्पले सो गाडी ११ भदौदेखि सुरु हुने नाडा अटो शोमा सार्वजनिक गर्ने जनाएको छ । नेपाली बजारका लागि बहुप्रतिक्षित लक्जरी एसयूभी जिकर एक्स अटो शो मा सार्वजनिक गर्न लागेको हो ।

कम्पनीले रियर ह्विलर र अल ह्विल ड्राइभ भेरियन्ट नेपाल आउने र ती भेरियन्टको मूल्यबारे कम्पनीले यसअघि नै जानकारी गराएको थियो ।

चिनियाँ अटो निर्माता जिली अन्तर्गतको प्रिमिमय ईभी ब्रान्ड जिकरले आफ्नो एक्स मोडको सिंगल मोटर भेरियन्टमा रियर–ह्विल–ड्राइभ तथा डुअल मोटरमा अल– ह्विल–ड्राइभ सिस्टम दिएको छ ।

लक्ष्मी ई मोबिलिटीले ३ गाडी

नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले नाडा अटो शोमा ती गाडीहरू सार्वजनिक गर्ने भएको हो ।

नाडामा सार्वजनिक हुने ती तीन वटा गाडीका मोडेलको सही नाम बताउने व्यक्तिलाई पुरस्कार दिने घोषणा कम्पनीले गरेको छ ।

नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले नाडा अटो शोमा ती गाडीहरू सार्वजनिक गर्ने भएको हो ।

नाडामा सार्वजनिक हुने ती तीन वटा गाडीका मोडेलको सही नाम बताउने व्यक्तिलाई पुरस्कार दिने घोषणा कम्पनीले गरेको छ ।

कम्पनीले केई नेपालको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेजमार्फत क्याम्पेन सुरु गरेको छ । कम्पनीको पेजमा सोधिएका प्रश्नको उत्तर सहभागीहरूले दिन सक्ने छन् ।

कम्पनीले केई नेपालको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेजमार्फत क्याम्पेन सुरु गरेको छ । कम्पनीको पेजमा सोधिएका प्रश्नको उत्तर सहभागीहरूले दिन सक्ने छन् ।

सांग्रिला मोटर्स
नेपालका लागि लिपमोटरको आधिकारिक बिक्रेतामा गोल्छा संगठनको सांग्रिला मोटर्स प्रालि नियुक्त भएको छ । सांग्रिला मोटर्स हाल नेपालमा सिट्रोन र प्युजो गाडीको आधिकारिक बिक्रेता पनि हो ।

अब सांग्रिला मोटर्सले लिपमोटरको लक्जरी विद्युतीय सवारीसाधन (ईभी) नेपाली बजार ल्याउने तयारी गरिरहेको जनाएको छ ।

सांग्रिला मोटर्सले नाडा अटो शोमार्फत लिपमोटरको ‘सी १०’ मोडेलको ईभी सार्वजनिक गर्ने जनाइएको छ । लिपमोटर स्टेलान्टिस अम्ब्रेला अन्तर्गतको कम्पनी हो, जसको प्युजो, सिट्रोन, जीप र फिएट गाडीको स्वामित्व रहेको छ ।

बीवाईडीको सिलायन–०७

नाडा अटो शो २०२४ मा प्रदर्शनीका लागि साइमेक्स इंकले बीवाईडी सिलायन–०७ ल्याएको छ । कम्पनीले यो नयाँ विद्युतीय कार तत्काल बिक्रीका लागि नभइ अटो शोमा प्रदर्शनीमा राख्ने छ ।

मिडसाइज एसयूभी सिलायन बीवाईडीले २०२३ नोभेम्बरमा पहिलो पटक सार्वजनिक गरेको थियो । साइमेक्स इंकले २०२४ भर्सनको बीवाईडी एट्टो ३ औपचारिक रुपमा सार्वजनिक गरेको छ । बीवाईडी एट्टो ३ देशमा सबैभन्दा बढी बिक्री हुने एसयूभी बन्ने क्रममा तीव्र रुपले अगाडि बढिरहेको कम्पनीको दाबी छ ।

नेपाल भित्रिएको दुई वर्ष भन्दा कम समयमै ३ हजार युनिट भन्दा बढी बीवाईडी एट्टो ३ नेपाली सडकमा गुँडिरहेका छन् ।
ड्राइभिङ अनुभवलाई अझै राम्रो बनाउन बीवाईडी एट्टो ३ को २०२४ भर्सनमा धेरै आकर्षक अपग्रेड गरिनुका साथै नयाँ फिचर थप गरिएको कम्पनीले जनाएको छ । हाल यो गाडी आकर्षक कसमस ब्ल्याक कलर अप्सनमा समेत उपलब्ध भएको जनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स