लगानी बोर्डको सीईओको आवेदन मंगलबार अन्तिम दिन, प्रधामन्त्री र अर्थमन्त्रीको साझा व्यक्ति को ?

काठमाडौं । लगानी बोर्डको सीईओको लागि आवेदन दिने अन्तिम दिन मंगलबार हो । १५ दिनको लागि म्याद राखेर साउन २८ गते आवेदन खुलाइएकोले मंगलबार अन्तिम दिन हुनेछ ।

सुशील भट्टले आफ्नो कार्यकाल यहि साउन २१ गते सकेका थिए । आफ्नो कार्यकालमा सफलतापूर्वक सम्पन्न गरेका भट्टले अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना समेत गरे ।

आगामी सीईओ को बन्दै छन् ? सायद भदौ महिना भित्र त्यसको तय हुँदैछ ।
नेपालमा विदेशी लगानी आकर्षित हुननसक्नका विविध कारणहरु रहेका छन् । त्यसलाई आकर्षित हुने वातावरण बनाउनु नै लगानी बोर्डको दायित्व हुन्छ ।

उक्त दायित्व पुरा गर्न आगामी सीईयो योजना सहित आउनुपर्ने हुन्छ ।

सबैभन्दा ठूलो विषय लगानी बोर्डले आफै जनशक्ति भर्र्ना गर्न सक्ने व्यवस्था सहितको अधिकार खोजिरहेको छ । सीईओ भट्टले त्यसको लागि ऐन संशोधनको ड्राफ तय गरिसकेका छन् । जसलाई अन्तिम रुप दिने वा अहिलेको व्यवस्थालाई नै केहि सुधार गर्नुपर्ने गरि आगामी सीईओले काम गर्नुपर्छ ।

नयाँ सीईओ लागि मुख्य दुई जना देखिएका छन् ।
एक हुन्, नेपाल पुननिर्माण प्राधिकरणको सीईओ भैसकेका सुशील ज्ञवाली । अर्को हुन्, नेपाल इन्फास्टकक्चर डेभलपमेन्ट बैंकका सीईओ भैसकको रामकृष्ण खतिवडा । यी प्रमुख आकांक्षी देखिएका छन् ।

दुबैलाई यस अघि एमालेकै सिफारिसमा नियुक्ति लिएका व्यक्ति हुन् । यी दुबैले आवेदन समेत दिइसकेका छन् ।
अहिले प्रधानमन्त्री र अर्थमन्त्री समेत एमालेबाटै भएको कारणले यी दुई मध्ये एक प्रधामन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलको साझा व्यक्ति बन्न सकिने देखिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स