जोइलोङ तथा एसआरएमका ८ वटा नयाँ मोडलहरु नेपाली बजारमा प्रवेश, कति छ मूल्य ?

काठमाडौं । भिजी मोटर्स कम्पनीले जोइलोङ तथा एसआरएमका ८ वटा नयाँ मोडलहरुलाई नेपाली बजारमा प्रवेश गराएको छ । कम्पनीले नाडा अटो शोलाई मध्यनजर गर्दै चिनिया विद्युतीय गाडीका यी दुई कम्पनीका ८ वटा नयाँ मोडलहरुलाई नेपाली बजारमा प्रवेश गराएको हो ।

काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यी ८ वटा मोडलहरुले नेपाली उपभोक्तालाई आवश्यक कमर्सियल गाडीहरुका माग पूरा गर्ने कुरामा कम्पनी विश्वस्त रहेको जनाएको छ।

जोइलोङ तथा एसआरएम मित्र राष्ट्र चीनको सबै भन्दा ठूला कमर्सियल गाडी उत्पादन गर्ने कम्पनीका रुपमा चिनिन्छ । हाल नेपाली बजारमा बिक्री वितरण हुँदै आएको एकाध ब्राण्ड बाहेक सबै एसेम्ब्लिङ उद्योगबाट उत्पादन भएका हुँदा, कालान्तरमा उपभोक्ताले बिक्री पश्चातको सर्विस तथा पार्ट पुर्जा उपलब्धतामा दुख पाउने सम्भावना अत्याधिक रहेको छ ।

यस सम्भावनालाई मध्यनजर गरी भिजी मोटर्सले चीनको अत्याधुनिक उद्योगमा, विश्व स्तरिय गुणस्तरमा आफैले गाडी उत्पादन गर्ने कम्पनीहरु जोइलोङ तथा एसआरएमका गाडीहरु नेपालमा भित्राएको हो । यसले गर्दा कमर्सियल गाडी खरिद गरेपछि आगामी १५/२० वर्ष सम्म यी कम्पनीहरुले राम्रो सर्विस तथा पार्ट्सको उपलब्धता सुनिश्चित गर्न सक्छ ।

जोइलोङ कम्पनीका ठूला १५/१७/२० सिटर माइक्रो बस अनावरण गर्दै महाप्रबन्धक ज्याङले भने, ‘जोइलोङका ठूला माइक्रो बसहरु वर्षौ देखि अध्ययन तथा अनुसन्धान तथा परिक्षण गरि डिजाइन गरिएको हुन्छ ।’

जोइलोङका गाडीहरु जस्तोसुकै बाटोमा चलाउन सकिने गरि डिजाइन गरिएको छ । हाल जोइलोङका गाडीहरु विकसित मुलुकहरु जस्तै अस्ट्रेलिया, सिंगापुर, मलेसिया जस्ता देशहरुमा अत्याधिक रुचाइएक हुन् । बजारमा उपलब्ध अन्य गाडीहरु भन्दा जोइलोङ्गका गाडीमा जडान गरिएको पावरफुल मोटर र ठुलो ब्याट्रीले अत्याधिक रेन्ज दिने गरेका कुरा महाप्रबन्धक ज्याङले बताए ।

उक्त पत्रकार सम्मेलनमा भिजी मोटर्सले चीनको प्रख्यात कम्पनी एसआरएमबाट उत्पादित नेपाली बजारको मागलाई मध्यनजर गरि ५ वटा विभिन्न प्रकारका गाडीहरु पनि अनावरण गरेको छ । यी ५ वटा मोडलहरुमा टी( ३ पिक अप र २ सिटर कार्गोले सामान ढुवानी गर्ने भ्यान तथा ५ सिटर र ११ सिटर भ्यान रहेको छ ।

हाल नेपाली बजारमा प्रयोग भैरहेका प्रदुषण गर्ने डिजेल गाडीहरुलाई यी इलेक्ट्रिक गाडीले विस्थापित गर्ने कुरामा कम्पनी विस्वस्त छ ।

अन्य चिनीया कम्पनीको तुलनामा निजि क्षेत्रबाट प्रवधित गरिएको कम्पनी एसआरएम हो जुन हरेक पल विश्वस्तरीय सेवा ग्राहकलाई दिन तत्पर रहने गरेको छ। आगामी ३ वर्षमा एसआरएमले नेपाली बजारमा थप नया मोडलहरु ल्याउने लक्ष्य राखेको छ । एसआरएम तथा भिजि मोटर्सको सहकार्य बाट नेपाली बजारमा सबै भन्दा उत्कृष्ट विक्री पश्चातको सेवा ग्राहकले पाउने छन् भन्ने कुरामा कम्पनी ढुक्क छ ।

कार्यक्रमको अन्त्यमा बोल्दै भिजी मोटर्सका सीईओ विवेक बिजुक्छेले भने, ‘कमर्सियल इलेक्ट्रिक गाडीहरुको बजारको कुरा गर्ने हो भने, हाल नेपालले विश्वका सबै देशहरुलाई पछाडी पारेको छ । यो ट्रेन्डलाई अगाडी बढाउन सहयोग गर्ने सम्पूर्ण ग्राहक तथा सरकारलाई धन्यवाद दिनु पर्ने हुन्छ । अब सरकारले थप केही यो क्षेत्रमा गर्ला भनेर आशा गरेर कुर्नु भन्दा निजि क्षेत्रले आफैले चार्जिङ स्टेसनको स्थापना गर्ने गरिरहेको यो परिस्थितिमा, भिजी मोटर्सले पनि यस आर्थिक वर्षमा ११० वटा चार्जिङ स्टेसन र नेपाल अधिराज्य भरि १८ वटा इलेक्ट्रिक गाडीहरुको सर्विस स्टेसन स्थापना गर्ने लक्ष्य राखेको छ ।’

कार्यक्रममा बिक्री सुरुवात गरिएको जोइलोङ मोडलका विवरण निम्न प्रकारका छन् ।
जोइलोङ इए ४, १५ सिटर (रु ६४ लाख, ८६ केडब्लुएच)
जोइलोङ इए ५, १७ सिटर (रु ६० लाख, ६० केडब्लुएच)
जोइलोङ इए ६, २० सिटर (रु ७६ लाख, ८६ केडब्लुएच)

त्यसैगरी एसआरएमका मोडलका विवरण निम्न प्रकारका छन् ।
एसआरएम टी (३ पिकअप (रु ३६ लाख, ४२ केडब्लुएच)
एसआरएम २ सिटर कार्गो (रु ३८ लाख, ४२ केडब्लुएच)
एसआरएम ५ सिटर कार्गो (रु ४० लाख, ४२ केडब्लुएच)
एसआरएम ३२ म्याजिक (रु ३५ लाख, ३२ केडब्लुएच)
एसआरएम ४२ रेगुलर (रु ४५ लाख ५० हजार, ४२ केडब्लुएच)

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स