काठमाडौं । गाउँघर उज्यालो साना हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्काशन गर्ने विशेष प्रस्तावसहित साधारणसभा आह्वान गरेको छ । कम्पनीले सभा असोज ३ गते ललितपुरको बालकुमारीस्थित केएफसीमा बिहान ११ बजे डाकेको हो ।
सभाले कम्पनीको पुँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, प्राथमिक सेयरको सार्वजनिक निष्काशन गर्ने, सेयरको सार्वजनिक निष्काशनबाट प्राप्त हुने पुँजीको उपयोग बारे निर्णय गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले कम्पनीको २०८०/८१ को वार्षिक प्रतिवेदन अनुमोदन गर्ने, लेखापरीक्षण प्रतिवेदन र अन्य सम्बन्धित वित्तीय विवरण पारित गर्ने तथा आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लाको गोल्चेमा अवस्थित घट्टेखोलामा ०.९९० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरिरहेको छ ।