गोरक्ष हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

काठमाडौं । गोरक्ष हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले एकैपटक दुई आर्थिक वर्षको वार्षिक साधारणसभा गर्ने भएको छ ।

कम्पनीले सभा असोज ३ गते काठमाडौंको बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजे डाकेको हो ।

सभाले जारी पुँजीको १० प्रतिशतले हुन आउने सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र १५ प्रतिशत सेयर कर्मचारी, सामूहिक लगानी कोष तथा वैदेशिक रोजगारीमा रहेका नेपालीमा र सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले आईपीओ निष्काशनका लागि सम्बन्धित कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।

त्यस्तै, सभाले अधिकृत पुँजी वृद्धि गरी १ अर्ब ५० करोड रुपैयाँ र तत्काल जारी पुँजी वृद्धि गरी १ अर्ब ३० करोड रुपैयाँ पुर्याउने, प्रबन्धपत्र नियम ६ र नियमावली नियम २७ (२) संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

सभाले आव २०७९/८० र २०८०/८१ को कार्यप्रगति, वार्षिक लेखापरीक्षकको प्रतिवेदन, अनुसूची सहितको वित्तीय विवरण अनुमोदन गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक समूहबाट ३ जना र १ जना व्यवसायिक विशेषज्ञ मनोनित गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिकामा २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स