कृषि विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आर्थिक सहयोग प्रदान

धनगढी । कृषि विकास बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले उक्त कार्यक्रम अन्तर्गत धनगढी उपमहानगरपालिकालाई भाद्र ९ गते पाँच लाख बराबरको आर्थिक सहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।
सो आर्थिक सहयोगबाट धनगढी उपमहानगरपालिका अन्तर्गतका विभिन्न सरकारी विद्यालयहरुमा अध्ययनरत झण्डै एक सय जति विपन्न बालबालिकाहरुलाई स्कुल ब्याग लगायतका विविध शैक्षिक सामग्रीहरु खरिद गरिनेछ ।
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले सो सहयोग रकमको चेक धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई हस्तान्तरण गरेका थिए । आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रममा कृषि विकास बैंकका तर्फबाट उपमहाप्रबन्धकद्वय यज्ञ प्रकाश न्यौपाने र प्रेम कुमार श्रेष्ठ, वित्त तथा योजना विभागका विभागिय प्रमुख नारायण प्रसाद आचार्य, सुदूरपश्चिम प्रदेश कार्यालयकातर्फबाट निर्देशक प्रदिप राज जोशी एवम् शाखा प्रमुख दीर्घ बहादुर शाह, धनगढी शाखाका प्रबन्धक मुकेश केसी लगायतका अन्य विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले व्यावसायिक गतिविधि सँगसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा संस्कृतिक संरक्षण सम्बन्धी परोपकारी कार्य गर्दै आईरहेको र आगामी दिनमा सम्पूर्ण बैकिङ सुविधा सहितको घर आँगनको बैंकको रुपमा यस्ता कार्यक्रमलाई निरन्तरता दिंदै साझा सम्वृद्धिका लागि सबैको रोजाईको बैंक बन्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा मेयर गोपाल हमालले कृषि विकास बैंकलाई यस सामाजिक सहयोगको निम्ति धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स