मन्त्रीले गरेको गलत काममा अब्जेक्शन गर्ने कर्मचारी म चाहन्छुः अर्थमन्त्री शर्मा

काठमाडौ । मन्त्रीले गरेको गलत कामलाई अब्जेक्शन गर्ने कर्मचारी आफूले चाहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । ‘दिनरात नभनी मेहनत गरेर खटिने कर्मचारी मैले चाहेको हुँ,’ उनले भने । ‘मन्त्रालयमा टेबुल टेबुलमा शासन चलाएर हुँदैन,’ उनले भने ‘अत्यावश्यकीय महत्वपूर्ण विषयहरुमा एउटै टेबुलमा बसेर छिटो छिटो काम गर्नुपर्छ ।’

‘मन्त्रीले जान वा अञ्जानमा देशलाई घाटा हुने कुनै कुरा ग¥यो भने त्यसलाई सिधै हुँदैन भन्न सक्नुपर्छ, म त्यस्तो कर्मचारी चाहन्छु,’ नयाँ सचिवको पद बहाली तथा निवर्तमान सचिवको विदाइमा समारोहमा अर्थमन्त्र िशर्माले थपे ‘ अबका दिनमा थोरै समय मात्र सुतेर बाँकी सम्पूर्ण समय आफूसँगै रहेर मन्त्रालयको काममा खट्नु पर्छ ।’

अर्थमन्त्री शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिए । आन्तरिक स्रोत बढाउने र ऋण तथा व्यापार घाटा घटाउने मुख्य कार्यभार सम्पन्न गर्न निकै मेहेनत गर्नुपर्ने भन्दै मन्त्री शर्माले अन्य विभागीय प्रमुखसहित सबै कर्मचारीहरुले समेत सोही स्प्रिटलाई ममन गर्न निर्देशन दिए ।

नवनियुक्त अर्थसचिव मधु कुमार मरासिनीले सोमवार पद बहाली गरेका हुन् । महालेखा नियन्त्रकको कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा भएका सचिव मरासिनीको पदबहालीसँगै निवर्तमान अर्थसचिव शिशिर कुमार ढुंगानालाई विदाइ गरिएको छ । आगामी छ महिनापछि सेवानिवृत्त हुने सचिव ढुङ्गानाको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ ।

मन्त्रालयमा आयोजित एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्माले निवर्तमान सचिवको विदाइ र नवनियुक्त सचिवको स्वागत गरेका हुन । कार्यक्रममा नवनियुक्त अर्थसचिव मरासिनीले साना तथा मझौला उद्योगको प्रवद्र्धनमार्फत रोजगारी बृद्धि गरेर अर्थतन्त्र चलायमान बनाउने दिशामा मेहनतका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

जापानी अर्थतन्त्रमा साना तथा मझौला उद्योग व्यावसायले ७० प्रतिशत योगदान गरेको प्रशंग उल्लेख गर्दै सचिव मरासिनीले यस्ता उद्योगले देशमा बेरोजगारी र गरिवीको अन्त्य गर्न सहयोग पु¥याउने धारणा व्यक्त गरे ।

कार्यक्रममा निवर्तमान अर्थसचिव ढुङ्गानाले कोभिड १९ को कारण अर्थतन्त्रमा परेको नकारात्मक असरहरु विस्तारै घट्दै गइरहेको भन्दै चिन्ता गर्नुपर्ने अवस्था नरहेको प्रष्ट पारे । कोभिड महामारीकै बिच राजस्व संकलनको लक्ष्य ९२ प्रतिशत पूरा भएको, १० महिनाको कारोबार धान्नसक्ने गरी वैदेशिक मुद्राको संचिति रहेको, विप्रेषण वृद्धि हुनुको साथै औपचारिक च्यानलमा आएको, निर्यात वृद्धि भएकोलगायतका सकारात्मक परिसूचकहरुसहित आफूले जिम्मेवारी हस्तान्तरण गरेको बताए ।

अर्थ मन्त्रालय र मातहतका निकायहरूमा १३ वर्ष ९ महिना काम गर्नुभएका सचिव ढुङ्गानाले आगामी दिनमा सामना गर्नुपर्ने चुनौतीहरूको बारेमा चर्चा गर्दै अन्तरसरकारी वित्तीय हस्तान्तरणलाई व्यवस्थित गर्नुपर्ने, सार्वजनिक संस्थानहरुको व्यवस्थापन, सैनिक कल्याणकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतसँग रहेका ठूला कोषहरुको सन्तुलित व्यवस्थापन, पुँजी बजारमा डिवेन्चर मार्केटको प्रवद्र्धन, आन्तरिक स्रोत व्यवस्थापन, पुँजीगत खर्च बृद्धिलगायतमा ध्यान केन्द्रीत गर्नुुपर्ने सुझाव दिए ।

स्वागत तथा विदाइ कार्यक्रमको सहजीकरण गर्दै राजस्व सचिव रामशरण पुडासैनीले अनुभवी र योग्य सचिव शिशिर कुमार ढुङ्गानाको विदाइले अर्थ मन्त्रालयमा सृजना हुनसक्ने अन्तरलाई २५ वर्ष अर्थ मन्त्रालय र सम्वद्ध निकायमा काम गरेको अनुभव सँगालेका योग्य सचिव मधुकुमार मरासिनीको आगमनले पूर्ति गर्ने विश्वास व्यक्त गरे । राजस्व सचिव पुडासैनी साउन २४ गते शनिवारदेखि सेवा निवृत्त हुँदैछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स